ढाका कपडाको कारोबारमा वृद्धि

dhaka-topiपाल्पा, १२ कात्तिक । बारा निजगढका धिरज अधिकारीले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किन्नुभयो । उहाँ मात्र होइन पाल्पा भम्रणमा आउने अधिकांश पर्यटकले ढाकाका कपडा लिएर मात्र फर्किने गरेका छन् ।

तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र दिदीबहिनीलाई ढाका कपडाको कोसेली उपहार दिने चलन छ । त्यसैले जिल्लामा ढाका कपडाको कारोबारमा वृद्धि भएको हो । यहाँका ढाका कपडाका पसल बिहानैदेखि आन्तरिक पर्यटकले खचाखच भरिएका छन् ।

जिल्लामा वार्षिक रु २० करोड बराबरको कारोबार हुने गरेको पाल्पा उद्योग वाणिज्य सङ्घका महासचिव यादव कार्की बताउनुहुन्छ । पाल्पाली ढाकाको माग बर्सेनि बढ्दो छ । “ढाका पसलेले वार्षिक रु पाँच लाखदेखि रु ३० लाखसम्म कारोबार गर्छन्,” उहाँले भन्नुभयो ।

आन्तरिक पर्यटकका कारण ढाका कपडाको कारोबारमा वृद्धि भएको ढाका पसलका सञ्चालक मनोज पौड्यालले बताउनुभयो । “उपहारका रुपमा लैजाने चलन अत्यधिक छ,” उहाँले भन्नुभयो । शौक्षिक भ्रमणमा गर्नेको सङ्ख्या दैनिक बढ्दै जाँदा ढाकाको कपडाको कारोबारमा समेत वृद्धि हुन थालेको छ ।

टोपी, चोली, पछेरामा मात्र सीमित पाल्पाली ढाकामा विविधिकरण भएपछि ढाका कपडाको व्यापार अझै फस्टाउँदै गएको छ । अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट दिन मिल्ने सामान उत्पादन हुन थालेपछि यसको बजार फराकिलो हुँदै गएको पौड्यालको भनाइ छ ।

जाडो याममा बढी मात्रामा ढाकाको कपाडको कारोबार हुन्छ । ढाका कपडा लुम्बिनी, गण्डकी, भेरी, राप्ती, बागमती अञ्चलका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा समेत ढाका कपडा बुन्ने र ढाकाको तयारी पोसाकसमेत उत्पादन हुन थालेको छ । ढाका कपडामा काम गर्ने अधिकांश महिलाले मासिक रु पाँच हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter