गिरानचौर एकीकृत नमुना बस्ती हस्तान्तरण; पुनःनिर्माणको काम तदारुकताका साथ अघि बढाउनुपर्छ–राष्ट्रपति भण्डारी

giranchourसिन्धुपाल्चोक, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो भएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति भण्डारीले परआश्रित प्रवृत्तिको अन्त्यमा जोड दिँदै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो ।

उहाँले भूकम्प प्रभावित क्षेत्रका विभिन्न गाउँमा एकीकृत नमुना बस्ती बसाल्न सकिने औँल्याउँदै पुनःनिर्माणको काममा राज्य र जनसमुदाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले भौगोलिक बनावटको हिसाबले नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले पहाडी क्षेत्रमा पूर्वाधारको अभावले गर्दा एकीकृत बस्ती बसाल्न कठिन भएको बताउनुभयो । उहाँले भन्नुभयो–“अब पुनःनिर्माणको काम शीघ्र र तदारुकताका साथ अघि बढाउनुपर्छ ।”

integrated-settlementसमारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले एकीकृत नमुना बस्ती सरकारका लागि सिक्नलायक विषय भएको उल्लेख गर्दै यसखालका अभ्यासलाई देशका अन्य भागमा पनि लागू गर्न सकिने बताउनुभयो ।

सांसद अग्नि सापकोटाले नयाँबस्ती पुनःनिर्माणको महाविश्वविद्यालय भएको र यो राजनीतिक पार्टीका लागि सिक्ने विषय भएको बताउनुभयो ।

अर्का सांसद शेरबहादुर तामाङले भूकम्पपीडित समुदायलाई एकीकृत घर निर्माण गरेर कलाकारधुर्मुस–सुन्तलीले ठूलो पुन्य कमाएको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि नमुनाबस्ती उदाहरणीय भएको बताउनुभयो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले नमुना एकीकृत बस्ती समानताको प्रतिविम्ब भएको बताउनुभयो । रु पाँच करोड १४ लाख ३९ हजार १८७ को लागतमा निर्माण भएको एकीकृत नमुना बस्तीमा ६५ घरधुरी छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter