दुईसय वर्षपछि गुठी जग्गा मन्दिरको हक भोगमा

Farmland Nepalहरि वास्तोला / पोखरा, १३ कात्तिक । भौतिक सम्पन्न भएर पनि आर्थिक रुपमा विपन्न अवस्थामा रहेको पोखराको प्राचीन कालीन एक मन्दिरले दुईसय सात वर्षपछि गुठी जग्गा हकभोग गर्न थालेको छ ।

पोखरा उपमहानगरपालिका– १७ महतगौडास्थित सीतापाइलामा रहेको ऐतिहासिक सदाशिवजी शिद्धेश्वर हरिहर महादेव मन्दिरको नाउँमा बिरौटा फाँटमा रहेको करोडाँै मूल्य बराबरको २९ रोपनी १२ आना गुठी जग्गा मन्दिरको हकभोगमा आएको हो ।

१८६४ सालमा मन्दिर निर्माण गरी महादेवको मूर्तिसमेत स्थापना गरेको सिलालेखमा उल्लेख छ भने सोही अवधिमा नित्य पूजा सञ्चालनका लागि ६० मुरी माटो बराबरको अब्बल खेत गुठी लालमोहर समेत बक्स भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारी बताउनुहुन्छ ।

उहाँका अनुसार मन्दिरको स्थापना कालदेखि बराल परिवारले उपभोग गर्दै आएको राजगुठीमा सूचीकृत सो जग्गाको किर्ते कागजात तयार गरी ११ जनाले छुट जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा पाउँ भनि सूचनासमेत प्रकासित भई अन्तिम चरणमा पुगेको सो गुठी जग्गा मन्दिर समितिको निरन्तर सक्रियता र स्थानीय प्रशासनको सहयोगमा संरक्षणसँगै उपयोगमा आएको हो ।

साविक छिनेडाँडा गाविस हाल पोखरा– १७ स्थित कित्ता नंम्बर २१७२, २१७४,२१८०, २१८१, २१८२, २१८३, २१८४, २१८५, २१८६, २२०८, २२११, २२१२, ५३०२, ५९४८,२१८७ र ५९४९ रहेको सो गुठी जग्गा मन्दिरको नाउँमा जग्गा धनी दर्ता श्रेस्ता र प्रमाण पुर्जा कायम रहेको गुठी तैनाथी (राजगुठी) जग्गा रहेको अध्यक्ष भण्डारी बताउनुहुन्छ ।

धार्मिक क्षेत्रको आम्दानीले मन्दिरको पुजापाठ चलाउनुपर्नेमा उत्पादन मात्र नभई जग्गा नै हडप्न खोज्ने र त्यसमा सहयोग गर्ने मतियारको उचित पहिचान गरी कानुनी दायरामा ल्याउन अख्तियारमा उजुरी समेत गरेको स्थानीय समाजसेवी नरेन्द्र गिरी बताउनुहुन्छ ।

उहाँका अनुसार ‘पूर्व पुजारीका सन्तान हौँ’ भनि दाबी गर्ने र गुठी खेत र आयस्तामा खिचलो गर्दै आएका बराल र स्थानीय मन्दिर व्यवस्थापन समितिबीचमा उपयोगको बारेमा बिगत लामो सयमदेखि विवाद हुँदै आएको थियो । कुनै समय धान रोप्ने र पाँकेपछि काट्ने विषयमा समेत विवाद रहदै आएको थियो ।

गुठी जग्गा मन्दिरको हकभोगमा आएपछि लगभग दुई लाखको लागतमा जग्गा सम्याउने र तारबार समेत गरी कलश गाईभँैसी तथा एग्रो फार्मलाई वार्षिक रु तीन लाख १४ हजार १६० मा भाडामा दिएको समितिका कोषाध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेती नदीको तटमा अवस्थित उक्त क्षेत्रमा हरिहर मन्दिरँसँगै लक्ष्मीनारायण, गणेश, शिव, अकला, रामसिता मन्दिर र हवनकुन्ड निर्माण गरी नित्य पूजापाठ सञ्चालन गर्दै आइएको छ ।

सो धार्मिक एवम् परातात्विक महत्व बोकेको क्षेत्रमा परम्परागत रुपमा माघे संक्रान्तिका दिन ढुङ्गेसाँघु मेला समेत लाग्दै आएको छ ।

गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौमा सदाशिबजी सिद्धेश्वर हरिहर मन्दिर सिद्धगुफा बेदविद्याश्रम सञ्चालन समितिको नाममा दर्ता भएको सो मन्दिर परिसर ११९ रोपनी क्षेत्रफलमा पैmलिएको छ । संस्थानले गुठी जग्गा संरक्षणमा अहम् भूमिका निर्वाह गरेको भन्दै समितिलाई सम्मान समेत गरेको छ ।

सो महत्वपूर्ण धार्मिक क्षेत्रको रङ्गरोगन र मर्मत सम्भारमा तीन लाख भन्दा वढी खर्च भएको बताउँदै उहाँले भन्नुभयो,– “ गुठी जग्गा मन्दिरको मातहतमा आएपछि नित्य पुजा सञ्चालनका साथै अन्य धार्मिक तथा यस क्षेत्रको विकास निर्माण कार्यमा सहजता आउने छ ।”

तत्कालीन राजा कुलमण्डल शाह सिताघाटमा स्नान गर्दा सदाशिबजी हरिहरले प्रत्यक्ष दर्शन दिई उक्त पुण्य स्थलका सम्बन्धमा जानकारी प्राप्त गरेपछि मन्दिर निर्माण गरि पुजापाठका लागि गुठी जग्गाको समेत व्यवस्था गरेको जनविश्वास छ ।

पोखरा र आसपासमा रहेको महत्वपूर्ण एवम् ऐतिहासिक शक्तिपीठको नाममा रहेका गुठी जग्गाको पहिचान गरि मन्दिरको नाममा ल्याई संरक्षणमा स्थानीय पहलसँगै सरकारीस्तरवाट पनि चासो दिइनु पर्ने यस क्षेत्रका समाजसेवीको सामूहिक धारणा छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter