• Tuesday, April 08, 2025

कृषि टेलिभिजनले आइतबार प्रसारण सुरु गर्ने

agricultureकाठमाडौँ, १३ कात्तिक । कृषि टेलिभिजन नेटवर्क प्रालिले आइतबारदेखि आफ्नो प्रसारण सुरु गर्ने भएको छ ।

सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो ।

ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान’ भन्ने मूल उद्देश्य लिएको छ ।

कृषि, भूमि, जलस्रोत, वन, पशुपक्षी, सिचाइ, कृषि शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्ता, मनोरञ्जनलगायत कृषिसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने मुद्दालाई समाचार बनाउने अभिप्रायबाट कृषि टेलिभिजन नेटवर्कको स्थापना गरेको अध्यक्ष तेजविक्रम थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजन हो । उक्त टेलिभिजनको स्थापना २०४२ सालमा भएको थियो । तर, कृषि गतिविधिका समाचार सम्प्रेषण गर्ने अठोटले स्थापित यस टेलिभिजनले किसान वर्गमा उत्साह आउने विश्वास सञ्चालकले लिएका छन् ।

नेपाल कृषि प्रधान देश हो । झन्डै ६७ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् । खेती गर्ने युवा जनशक्ति विदेश पलायन हँुदैछन् भने खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदैछ । परम्परागत ढङ्गले चलेको कृषिमा सयाँै कठिनाइ छन् । मल, बीउ र प्रविधिको अभावमा लागत अनुरुपको मूल्य प्राप्त हुन सकेको छैन ।

कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले राज्यले अनुदान, बिमा, कृषिमा यान्त्रिकीकरण गरेको छ तर सो सुविधा प्राप्तिका लागि किसानले आवश्यकता महसुस गर्न सकेका छैनन् भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter