• Saturday, April 19, 2025

दूध बिक्रीबाट मासिक सत्तरी हजार आम्दानी

milk-collection_g-660x330भीमदत्तनगर, १६ मङ्सिर । छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किनुभयो ।

अन्ठाउन्न प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा कृषि पेसामा व्यावसायिक रुपमा लागेर सफलतातिर लम्किँदै गइरहनुभएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका बोहरा अहिले दूध बिक्रीबाट मासिक रु ७० हजार कमाउन थाल्नुभएको छ ।

उहाँले भैँसीपालन, केराखेती, बाख्रापालन, माछापालन र आँपखेती गरिरहनुभएको छ । बोहराले दुई बिगाहा खेतमा केराखेती, १५ कठ्ठामा माछापालन, १४ वटा भँैसी, आठ वटा बाख्रा तथा आँपखेती गरिरहनुभएको छु । “मेहनत गरे विदेशको कमाइ घरमै गर्न सकिँदोरहेछ,” उहाँले भन्नुभयो । उहाँले दैनिक ६० लिटर दूध बिक्री गर्दै आउनुभएको छ ।

बोहराले दुग्ध विकास संस्थानमा दैनिक ६० लिटर दूध पु¥याउँदै आउनुभएको छ । “मेरो व्यवसायलाई घर परिवारका सदस्यले पनि साथ दिँदै आउनुभएको छ,” उहाँले भन्नुभयो । उहाँले सुरुवातमा रु ४० लाख लगानी गर्नुभएको हो ।

कुखुरापालन र बाख्रापालनमा लगानी बढाउने उहाँको योजना छ । प्रवीणता प्रमाणपत्र तहसम्म स्थानीय कृषि उच्च मावि तथा स्नातक तहको अध्ययन धनगढीको कैलाली बहुमुखी क्याम्पसमा गर्नुभएका बोहराले अध्ययनका क्रममा आर्थिक अभाव झेल्नुपरेको थियो ।

“पढेलेखेको छोरो राम्रै जागिरतिर लाग्ला भन्ने परिवारको सोच थियो होला,” उहाँले भन्नुभयो– “हामी किसानका छोरा हाँै कृषिमै केही गर्नुपर्छ भन्ने लागेर व्यवसायमा हात हालेको हँु ।” उहाँले भैँसीको गोबर सोर्नेदेखि दैनिक अत्तरिया बजारसम्म दूध बिक्री गर्ने कार्य आफैले गर्दै आउनुभएको छ । “व्यवसायको दायरा बढाउँदै अन्य युवालाई रोजगारी दिने सोच समेत बनाएको छु,” बोहराले भन्नुभयो ।

अहिले उहाँले वार्षिक रु आठ लाखसम्म आम्दानी गरिरहनुभएको छ । “अरुको नौकरी गर्नुभन्दा आफ्नै व्यवसाय अङ्गाल्नु राम्रो,” उहाँले भन्नुभयो । दुग्ध विकास संस्थानका कारण दूध बिक्री गर्न समस्या नभएको उहाँको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter