• Saturday, April 19, 2025

पैतिसौँ अन्तराष्ट्रिय हात्ती पालोको उपाधि नेपाललाई

Hattipoloनवलपरासी, १७ मङ्सिर । नवलपरासीमा जारी ३५ औँ अन्तराष्ट्रिय हात्ती पालो प्रतियोगिताको उपाधि नेपालले हात पार्न सफल भएको छ ।

आज सम्पन्न फाइनल प्रतिस्पर्धामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ५ का विरुद्ध ८ गोलले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि हात पार्न सफल भएको हो ।

प्रतियोगितामा गालवया लज श्रीलङ्काले तेस्रो स्थान हासिल ग¥यो । उसले पल ग्रिफिन्स अमेरिकालाई ४ का विरुद्ध ६ गोल गरेको थियो । हात्तीको संरक्षण सँगसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारका लागि आयोजना गरिएको प्रतियोगितामा नेपाल, श्रीलङ्का, अरेबिया, अस्ट्रेलिया, इङ्ल्याण्डलगायतका आठ टोलीको सहभागिता रहेको थियो ।

नवलपरासीको कावासोती नगरपालिका अमलटारी खेल मैदानमा भएको सो अन्तराष्ट्रिय हात्तीपालो प्रतियोगिता हेर्न नेपालसहित विदेशी पर्यटकहरूको समेत सहभागिता रहेको थियो ।

हात्तीको प्रयोग गरी मान्छेले खेलिने सो प्रतियोगिता विदेशी पर्यटकहरूका लागि निकै लोकप्रिय मानिन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter