मेलम्ची सुरुङमा सुन भेटिएको अनुमान

melamchiमेलम्ची, १७ मङ्सिर । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग रहेको अम्बाथानमा ड्यामको डिस्को खन्ने क्रममा सुनखानी भेटिएको अनुमान गरिएको छ ।

ड्याम मर्मत केन्द्रमा सुनजस्तै देखिने धातु भेटिएपछि काम भइरहेको ठाउँमा काम रोकेर हेर्नेको भीड लागेको थियो ।

हेलम्बु गाविसका सचिव नारायण पौडेलले काम गरिरहेको ठाउँमा सुन जस्तै धातु भेटिएको प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई जानकारी गराएको पौडेलले बताउनुभयो । केही समयको हल्लापछि त्यस ठाउँलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो । अहिले सेना र प्रहरीले त्यस क्षेत्रलाई घेराबन्द गरी पहरा दिइरहेको छ ।

नेपाली सेना मेलम्चीका प्रमुख सेनानी विक्रम राणाले ड्याम मर्मत गर्ने ढिस्को कटिङ गर्दा सुनजस्तो देखिने धातु फेला परेको र परीक्षणका लागि आज खानी तथा भूगर्भ विभागमा पठाइएको जानकारी दिनुभयो ।

सुन जस्तो अनौठो धातु फेला परेपछि ड्याम निर्माणका लागि ढिस्को कटिङ गर्ने कार्य रोकिएको छ । फेला परेको धातुको नमुना सङ्कलन गरी स्थानीय, प्रहरी, सेनाको उपस्थितिमा स्थानको मुचुल्कासहित राजधानीमा खानी तथा भूगर्भ विभागमा प्राविधिक जाँच गर्न पठाइएको छ ।

प्रारम्भिक परीक्षणबाट भेटिएको धातु परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले काठमाडौँ पठाएको सुरक्षा निकायले जानकारी दिएको छ ।

उक्त धातु सुन नै हुनसक्ने आशङ्का गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter