डा अग्रवाल डिन नियुक्त; डा केसीको अनशन आज जारी, सहमतिपत्रमा आइतबार हस्ताक्षर हुने विश्वास

dr_govindaकाठमाडौँ, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ ।

उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले डा अग्रवाललाई आज नियुक्त गरेको हो । आजैदेखि लागू हुने गरी उहाँको नियुक्ति भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

डा अग्रवालको नियुक्तिसँगै चिकित्सा शास्त्रका विसङ्गति अन्त्यको माग गर्दै विगत २० दिनदेखि अनशनरत डा गोविन्द केसीका मागमध्येको एउटा माग पूरा भएको छ ।

डा केसीको अनशन आज जारी, सहमतिपत्रमा आइतबार हस्ताक्षर हुने विश्वास

विगत २१ दिनदेखि अनशनरत डा गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास शनिबार पनि सफल हुन सकेन ।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएन ।

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा जेपी अग्रवालको नियुक्ति भइसक्दा पनि डा केसीले त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँको राजीनामामा अड्डी लिइरहनुभएको छ ।

दुवैतर्फका वार्ता टोलीले तयार गरेको १२ बुँदे सहमतिको मस्यौदा तयार भइसकेको र आइतबार सहमतिपत्रमा हस्ताक्षर हुने वार्तामा सहभागी डा जीवन क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले आज राति अबेरसम्म भएको वार्तामा सबै विषयमा सहमति भएको र त्यसलाई आइतबार अन्तिमरुप दिने तयारी गरिएको उल्लेख गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter