विश्व अपाङ्गता समावेशी सम्मेलन काठमाडौँमा सुरु

people with disabilitiesकाठमाडौँ, २१ मङ्सिर । अपाङ्गता भएका बालबालिका र युवाको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै ‘हामीलाई समावेश गर’ भन्ने नारासहित आजबाट यहाँ तीनदिने विश्व अपाङ्गता समावेशी सम्मेलन सुरु भएको छ ।

स्वतन्त्र मानवीय सहयोग संस्था प्लान इन्टरनेसनलले विश्व अपाङ्गता समावेशी सम्मेलनको दोस्रो संस्करणअनुसार सम्मेलन काठमाडौँमा सुरु भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले नेपाल समावेशीता र सहभागितामूलक सिद्धान्तमा आधारित भई समानता र विभेदरहित समाज निर्माणका लागि अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अपाङ्गता समावेशी सम्मेलन नेपालमा आयोजना हुनुलाई मैले सान्दर्भिक ठानेको छु ।’’

विद्यमान अवरोध हटाएर अपाङ्गता भएका बालबालिकाका लागि समानतामूलक समाज निर्माण गर्न सबै पक्ष लाग्नुपर्ने मन्त्री पौडेलले बताउनुभयो ।

समारोहमा प्लान इन्टरनेसनल नेपालका देशीय निर्देशक स्भेन कोपेन्सले प्लान इन्टरनेसनलले पछिल्ला वर्षमा अपाङ्गता भएका बालबालिकासहित बहिष्करण र पिछडिएका समूहका बालबालिकामाझ पुग्न उपयुक्त र विशिष्ट विज्ञता निर्माण गरेको बताउनुभयो ।

उहाँले प्लान इन्टरनेसनल लक्षित समुदायमा पुगेर नेपालको शिक्षामा अपाङ्गता समावेशीको मान्यता प्रवद्र्धन गर्न केन्द्रित रहेको बताउनुभयो । सम्मेलनमा राष्ट्रसङ्घकी विशेष प्रतिनिधि क्याटलिना डेभानडासले अपाङ्गता भएका व्यक्तिको अधिकारबारे धारणा राख्नुभएको थियो ।

सम्मेलनमा राष्ट्रसङ्घीय प्रतिनिधि, विभिन्न देशस्थित प्लान इन्टरनेसनलका प्रतिनिधि, प्राविधिक तथा अपाङ्गता भएका व्यक्तिका लागि क्रियाशील स्थानीय संस्थाका प्रतिनिधिसहित ४० देशबाट एक सय ३० जना सहभागी छन् । सहभागीले समावेशी शिक्षाबारे छलफल गर्दै ज्ञान आदानप्रदान गर्नुका साथै समावेशिता, लैङ्गिक समानता, किशोरी अधिकार र दिगो विकास लक्ष्य बीचको सम्बन्ध बलियो बनाउने विषयमा समेत छलफल गर्नेछन् ।

त्यस्तै, प्लान इन्टरनेसनलका समावेशी कार्यक्रम, लैङ्गिक समानता र किशोरी अधिकार प्रतिको प्रतिबद्धतामाथि संस्थागत कदमबारे विचार विमर्श हुनेछ । सम्मेलन डिसेम्बर ८ सम्म चल्नेछ । विश्वभरमा गरी एक करोड ५० लाखभन्दा बढी बालबालिकामा कुनै न कुनै खालको अपाङ्गता पाइन्छ । यस्ता बालबालिका उनीहरुको अपाङ्गताले गर्दा समुदायमा सङ्कट र बहिष्करणमा परेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter