सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा तीव्रता

boudhanath-stupaकाठमाडौँ, २२ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पबाट क्षति पुगेका एतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्रताका साथ अघि बढेको जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गेरेको प्रगति विवरणमा त्यस्ता सम्पदा, मठ, मन्दिर तथा पर्यटकीयस्थालका संरचनाको पुनःनिर्माणलाई प्राथमिकता दिइएको जनाएको हो ।

विश्व सम्पदासूचीमा सूचीकृत महत्वपूर्ण धार्मिकस्थलका पुनःनिर्माण पनि धमाधम भइरहेको उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव घनश्याम उपाध्यायले महत्वपूर्ण सांस्कृतिक सम्पदा तथा पर्यटकीयस्थलका संरचनाको पुनःनिर्माण, मठ, मन्दिर जीर्णाेद्वारको काम तीव्रगतिमा अघि बढेको बताउनुभयो ।

उहाँका अनुसार प्रसिद्ध बौद्धनाथको पुनःनिर्माण र प्याङ गाउँ पाटी (ललितपुर) को संरक्षण गरिएको, प्रस्तावितमध्ये १३२ वटाको जिम्मेवारी बाँडफाँड भई ४७ वटा सम्पदा पुनःनिर्माण सुरु गरिएको छ भने बुङ्मतिस्थित मनकामना मन्दिर पुनः निर्माण गरिएकोे छ ।

साँखुस्थित खङ्योगिनी मन्दिर भत्काई पुन निर्माण सुरु गरिएको, नक्सालस्थित भगवानबहाल (शङ्करकीर्ति महाविहार) को जग निर्माण गरिएको, ढुडाँलदेवी मन्दिर भत्काइ जग खनिएको, हनुमानढोकास्थित वंशगोपाल मन्दिरको जमिनको तहसम्मको काम भएको विष्णुदेवी सत्तललगायतका मन्दिरको जग भत्काई नयाँ जग हाल्ने काम भएको विवरणमा उल्लेख छ ।

क्षेत्रीय सङग्रहालय र जातीय सङग्रहालय गरी जम्मा ३४ वटा कार्यक्रम समावेश भएकामा क्षेत्रीय सङ्ग्रहालयको ११ वटा कार्यसम्पन्न भईसकेको छ ।

वैदेशिक सहयोग अन्तर्गत नेपालस्थित युनेस्को कार्यालयको सहयोगमा हनुमानढोका संरक्षित स्मारक क्षेत्रका क्षतिग्रस्त स्मारकको निर्माण प्रारम्भ गरिएको, भूकम्प पश्चात् उपत्यकाका विश्व सम्पदा स्थालको पुरातात्विक अन्वेषण, उत्खनन् एवम् अनुसन्धान भइरहेको, हनुमानढोका दरबार परिसरको नौतले दरबारलगायत चारवटा टावर जीर्णोद्धार तथा पुनःनिर्माण सुरु भएको छ ।

त्यस्तै स्वयम्भूस्थित आनन्दकुटी विहार संरक्षण तथा पुनःनिर्माण भइरहेको, हनुमानढोका दरबार परिसरको सम्पादा तथा बुङ्मती खोकना क्षेत्रको पुनःनिर्माण प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter