फिल्म महोत्सव सुरु

kimffकाठमाडौँ, २३ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ को आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।

कमलपोखरिस्थित कुमारी हलमा मङ्सिर २७ गतेसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक, सर्ट, प्रयोगात्मक र एनिमेसन फिल्म देखाइने छ । महोत्सवमा २८ वटा मुलुकका ८० भन्दा बढी फिल्म प्रदर्शित हुनेछन् ।

महोत्सवमा यस वर्ष अलायन्स फर सोसल डायलग (एएसडी) र काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल (किम्फ)को संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा ‘स्ट्रेन्थेनिङ नेपाल्स पब्लिक सर्भिसेज’ शीर्षकमा सर्ट फिल्म प्रतियोगितासमेत हुनेछ । यसका साथै लोकप्रिय नेपाली पानोरामामा नेपाली प्रतिभाद्वारा निर्मित रोचक फिल्मसमेत देखाइने महोत्सव आयोजक समितिका अध्यक्ष वसन्त थापाले जानकारी दिनुभयो ।

हिमाल एसोसिएसनद्वारा आयोजित तथा नेपाल पर्यटन बोर्डद्वारा प्रवद्र्धित किम्फमा प्रदर्शन हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत २० वटा फिल्म छन् भने अन्यमा ४८ वटा फिल्म छन् । नेपाली पानोरामामा १६ वटा फिल्म देखाइनेछन्, जसमध्ये किम्फ डक ल्याबबाट चारवटा फिल्म सामेल हुनेछन् ।

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ उत्कृष्ट तीन वटाले क्रमशः एक हजार ५००, एक हजार र ५०० अमेरिकी डलर पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र नन–फिक्सन विधामा उत्कृष्ट ठहरिएका दुईलाई जनही रु ५० हजार नगद पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’सहित एक हजार अमेरिकी डलर पाउनेछ । महोत्सवमा अत्यधिक दर्शकको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ पाउनेछ ।

सो अबसरमा सूचना तथा सञ्चारमन्त्री कार्कीले नेपालको सांस्कृति, सम्पदा र परम्परालाई संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्दै नेपाली फिल्म क्षेत्रको विकास र संरक्षणका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दीपक रौनियारद्वारा निर्देशित नेपाली चलचित्र ‘सेतो सूर्य’को प्रिमियर सो पनि सो अबसरमा गरियो । सेतो सूर्य ८८ मिनेट लामो नेपालमा द्वन्द्वपश्चात् आएको सामाजिक–राजनीतिक परिवर्तनको परिदृश्यमा आधारित छ । सेतो सूर्यको प्रिमियर प्रतिष्ठित भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भएको थियो भने यो चलचित्र टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव र बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव कोरियामा पनि प्रदर्शन गरिसकेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter