• Saturday, April 19, 2025

विपन्न बिरामीको आशाको केन्द्र बन्दै शान्तिकोष

myagdi_districtध्रुवसागर शर्मा / म्याग्दी, २४ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्तिकोष विपन्न बिरामी र तिनका आफन्तका लागि आशाको केन्द्र बन्दै जान थालेको छ ।

विसं २०७१ मा बेनी नगरपालिका–१४ की ओमकुमारी पुन (शान्ति) हाइपोप्लास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने अभियानसँगै जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा दर्ता भएको ओमकुमारी शान्तिकोषले अहिलेसम्म आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित भएका म्याग्दीका २५ जनाको देशका विभिन्न अस्पतालमा लगी उपचार गराइसकेको छ ।

गरिब तथा विपन्न परिवार र जिल्लामा उपचार सम्भव नभएका बिरामीका लागि कोषले देश–विदेशमा रहेका उदारमना व्यक्तिसँग सहयोग लिई रु एक करोडभन्दा बढी आर्थिक सङ्कलन गरिसकेको र बिरामीको उपचारमा सहयोग गर्दै आएको कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो ।

बेनी नगरपालिका–२ अर्जमकी निशा नेपालीले ७ वर्षीया छोरी अरनिमा नेपालीको मुटुमा प्वाल परेपछि घरको आर्थिक क्षमताले उपचारको प्रयास गर्नुभयो । पोखराका विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडाँैस्थित सहिद गङ्गालाल हृदयकेन्द्रमा पुगेकी नेपालीलाई छोरीको उपचारमा रु ६ लाखसम्म खर्च हुने चिकित्सकले बताएपछि छाँगाबाट खसे झँै हुनुभयो ।

गाउँकै आर्थिक अवस्था कमजोर भएकी नेपालीले घरमा भएको पैसा र आफन्तबाट ऋण लिएर सामान्य उपचार गरेको अवस्थामा रकम अभावकै कारण छोरीलाई घरमै राख्नुभयो । नेपालीजस्तै हिस्तान–९ दोसल्लेका सङ्गीता विकको छोरा ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारका लागि सहयोगको याचना गर्दै धेरै ठाउँमा पुग्नुभयो ।

श्रीमान्को बेवास्ता, उपचारमा आर्थिक अभावका कारण सहयोगको खोजीमा हिँडेकी विकले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषका बारेमा जानकारी पाएपछि सहयोगको अपिलसहित कोषमा पुगेको केही दिनपछि कोषले आर्थिक सहयोग जुटाइरहेको छ ।

नेपाली र विक दुई प्रतिनिधिमूलक पात्र मात्रै हुन् । परोपकारी अभियान सञ्चालन गरिरहेको शान्तिकोष बिरामीको उपचारमा बरदान साबित भएको छ । “दुई रुपैयाँसमेत कसैले विश्वास गरेनन्, अहिले मेरो छोराको उपचारमा आवश्यक पर्ने सहयोग उपलब्ध गराइरहनुभएको छ”, ब्लड क्यान्सर पीडित प्रवेश विककी आमा सङ्गीताले भन्नुभयो ।

“उपचार गर्ने पैसा नभएर घरमै रोगसँग सङ्घर्ष गरिरहेकालार्ई अस्पतालसम्म पु¥याउने काम गरेका छौँ । विपन्नताको कारण नै मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ”, कोषका अध्यक्ष राजेश शाक्यले भन्नुभयो ।

संस्था स्थापनाको तीन वर्षमा २५ जनाको उपचारमा स्वदेश तथा विदेशबाट आर्थिक जुटाउन सफल भएको शाक्यको भनाइ छ । प्रतिव्यक्ति रु तीनलाखदेखि ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मिर्गौैला, हाडजोर्नी, आँखा, नशालगायत विभिन्न किसिमका रोगको उपचार भइरहेको छ ।

ओमकुमारी शान्तिकोष जिल्लाको एक मात्रै परोपकारी संस्थाका रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ । एक करोड ५० लाखको अक्षयकोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने अभियान समेत सञ्चालन भइरहेको कोषका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter