आलुमा आत्मनिर्भर बन्दै

Potatoसञ्चिता घिमिरे / ललितपुर, ३० मङ्सिर । व्यावसायिक रुपमा खेती बढ्दै गएपछि नेपाल केही वर्षमा नै आलुमा आत्मनिर्भर बन्ने देखिएको छ ।

अहिले वार्षिक करिब १० प्रतिशत मात्रै आलु आयात भइरहेको नेपाल कृषि अनुसन्धान परिषद(नार्क)अन्तर्गतको आलु विकास कार्यक्रमले जनाएको छ । वार्षिक दुई लाख ५० हजार टनदेखि तीन लाख टनसम्म आलु आयात भइरहेको वरिष्ठ आलु विकास अधिकृत श्यामप्रसाद ढकालले जानकारी दिनुभयो ।

“एक दशमलव ५ टन प्रतिहेक्टर उत्पादकत्व बढाउँदा मुलुक केही वर्षमा नै आत्मनिर्भर हुनसक्छ,” उहाँले भन्नुभयो । अघिल्लो वर्ष बीउ र ताजा गरेर २४ करोड २४ लाख ५३ हजार ६१ किलो आलु आयात भएको थियो भने २४ लाख २७ हजार २७४ किलो निर्यात भएको थियो ।

देशभरको तथ्याङ्कलाई हेर्दा आलुको उत्पादन क्षेत्र घटेको छ । मुलुकको मध्यपहाडी क्षेत्रमा आलु उत्पादनमा कमी आएको छ । ठूलो परिमाणमा उत्पादन गर्ने किसान बढेकाले कूल उत्पादन र उत्पादकत्व बर्सेनि बढिरहेको ढकाल बताउनुहुन्छ । “ठूलो परिमाणमा र व्यावसायिक रुपमा आलुखेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ,” उहाँले भन्नुभयो ।

मुलुकभरि आलुखेती हुँदै आएको छ । समुद्री सतहबाट ८७ मिटरदेखि चार हजार मिटरसम्म आलुखेती गरिँदै आएको छ । खेत र बारीमा किसानले आलुखेती गर्दै आएका छन् । हिउँ परिरहने, पानी जमिरहने बाहेक अरु ठाउँमा आलु उत्पादन हुन्छ ।

मुलुकका सबै क्षेत्रमा वर्षभर आलुको खपत हुने हुँदा बजारको कुनै समस्या नरहेको ढकाल बताउनुहुन्छ । उत्पादन क्षेत्रभन्दा पनि उत्पादकत्व बढाउनतर्फ कार्यालय लागिपरेको छ । थोरै क्षेत्रफलमा धेरै उत्पादन हुँदा किसानले आलुबाट नाफा लिनसक्छन् । मध्यपहाडी क्षेत्रमा स्थानीयवासी सदरमुकाम, सहरी क्षेत्र तथा विदेश जाने गरेका कारण आलुको उत्पादनमा कमी आएको ढकालको भनाइ छ ।

आलुमा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले पाँचवर्षे रणनीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमको अहिले चौथो वर्ष हो । आगामी वर्षभित्रै देशलाई आलुमा आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

गत वर्ष कालीमाटी तरकारी बजारमा सबैभन्दा बढी २० दशमलव ३८ प्रतिशत आलुको कारोबार भएको थियो । कालीमाटीबाट ४२ हजार ८०० मेट्रिक टन आलु किनबेच भएको थियो । आलु उत्पादनको हिसाबले मुलुकको चौथो तथा उत्पादकत्वका हिसाबले पहिलो खाद्यबाली हो । कूल ग्रार्हस्थ उत्पादनमा आलुको ७ दशमलव ३६ प्रतिशत योगदान रहेको कृषि मन्त्रालयले सन् २०१५ मा गरेको एक अध्ययनले देखाएको छ । कुल उत्पादनमध्ये उच्च पहाडी क्षेत्रमा १८ प्रतिशत, मध्य पहाडी क्षेत्रमा ४२ तथा तराईमा ४० प्रतिशत उत्पादन रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter