जलवायु अनुकूलन क्षेत्रका संस्थालाई रु दुई करोड

DFID-UKAid-logoललितपुर १ पुस । नेपालमा जलवायु अनुकूलनका क्षेत्रमा उल्लेखनीय रुपमा काम गरेबापत १५ संस्थाले रु दुई करोडको पुरस्कार पाएका छन् ।

बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकूलनमा योगदान पु¥याउने उत्कृष्ट संस्थामध्ये प्रत्येकलाई १० हजार पाउण्ड अर्थात् रु १३ लाख ६३ हजारको प्रोत्साहन पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुनेमा सामुदायिक विकास तथा वकालत मञ्च नेपाल, युथ एक्टिङ फर चेन्ज नेपाल, मनहरि विकास संस्था, आपसी सहयोग केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र, सेन्टर फर रुरल टेक्नोलोली नेपाल छन् ।

त्यसैगरी इथाका इन्स्टिच्युड फर क्लाइमेट फाइनान्सिङ, केयर नेपाल, नाम्सालिङ सामुदायिक विकास केन्द्र, सिप्रेड नेपाल, माछापुच्छे« विकास सङ्गठन, प्राक्टिकल एक्सन, एन्साब नेपाल, दलित वेलफेयर अर्गनाइजेसन र मानव विकास तथा वातावरण कन्सर्न सरोकार समाज छन् । पुरस्कृत हुने अधिकांश संस्थाले नेपालको ग्रामीण क्षेत्रमा रहेर स्थानीय समुदायसँग काम गर्दै आएका छन् ।

यहाँ आज आयोजित कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले ती संस्थालाई पुरस्कार प्रदान गर्दै जलवायु परिवर्तनका क्षेत्रमा नेपालले नीति समेत बनाइसकेको जानकारी दिनुभयो ।

कार्यक्रमका परियोजना प्रमुख पुरुषोत्तममान प्रधानले यस पटक पुरस्कार पाउन छुटेका संस्थाले पुन अर्को पटक प्रयास गर्न सक्ने जानकारी दिँदै पुरस्कृत संस्थाले थप पुरस्कारका लागि जलवायु अनुकूलनका क्षेत्रमा गरेका कार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter