आर्थिक क्षेत्रलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास आवश्यक : मन्त्री भण्डारी

tourists-visiting-Nepalकाठमाडौँ, १ पुस । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले मुलुकलाई आर्थिक क्षेत्रमा समृद्ध बनाउन पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ ।

प्वाइन्ट मिडियाद्वारा प्रकाशन हुने ‘अर्थ र व्यापार’ साप्ताहिकको पाँचौँ वार्षिकोत्सव तथा अर्थ र व्यापार पत्रकारिता अवार्ड वितरण कार्यक्रममा आज आयोजित कार्यक्रममा प्राकृतिक स्रोत साधनले भरिपूर्ण नेपालमा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको बताउनुभयो ।

“अन्य मुलुकको पर्यटनको पूर्वाधारलाई हेरेर नेपालको पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो । लामो समयपछि जनताका प्रतिनिधिले बनाएको संविधान पाएकाले संविधानलाई कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्र्नेमा उहाँले जोड दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने मन्त्री भण्डारीको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्र सापकोटाले प्राकृतिक र पर्यटकीय क्षेत्रले सुन्दर मुलुक भएकाले यसलाई प्रयोग गरी मुलुकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले एक मुठ्ठी माटो खर्च नगरी आर्थिक लाभ हुने क्षेत्र पर्यटन नै भएकाले यसको विकास र विस्तारका लागि राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्सिज् एसोसिएसन (नाटा)का पूर्व अध्यक्ष रामकाजी कोनेले नेपालमा पर्यटनको प्रचुर सम्भावना भएकाले पूर्वाधारको विकास जरुरी रहेको बताउनुभयो ।

अर्थ र व्यापार साप्ताहिकका प्रधानसम्पादक नवीन काफ्ले, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का पूर्व अध्यक्ष दीपक महत, पर्यटन व्यवसायी राजन सिम्खडालगायतले युवालाई पर्यटन क्षेत्रको विकासमा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा पत्रकारिताको माध्यमबाट पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याएबापत राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजङ्ग पाण्डेलाई रु १० हजारसहित अर्थ र व्यापार पत्रकारिता अवार्ड प्रदान गरिएको थियो । यस्तै पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याएका राजन सिम्खडा, छेटुप तामाङ, साङ्गे लामा, अर्जुन शर्मा पौडेल, शङ्कर अधिकारी, सुरेन्द्र भट्टराई, सुवासचन्द्र बनेपाली, सञ्जय पराजुली, राजेशचन्द्र रेग्मी, गगनकुमार श्रेष्ठ र भूपेन्द्र जिसीलाई सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter