• Tuesday, June 10, 2025

सन्दर्भ ६० औँ बार दिवसः बार र बेन्चबीच सुमधुर सम्बन्धको खाँचो

Nepal Bar Associationकालिका खड्का / काडमाडौँ, ६ पुस । नेपाल बार एसोसिएसनले आफ्नो ६० औँ स्थापना दिवस मनाइरहेको छ तर स्थापनाको उद्देश्यअनुरुप सैद्धान्तिक मान्यतानुसार व्यावहारिक रुपमा विचलन हँुदै गएको देखिन्छ ।

विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, लोकतन्त्र र पेसागत हकहित तथा मर्यादालाई प्रमुख केन्द्रबिन्दु बनाएर बारको स्थापना गरिए पनि न्यायपालिकामा हुने विकृतिविसङ्गतिप्रति खबरदारी हुने काम भएको देखिँदैन । कतिपय अवस्थामा अदालत र बारबीच सुमधुर सम्बन्ध पनि देखिँदैन ।

नेपाल बार एसोसिएनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्नुहुन्छ–“ बार र बेन्चबीच परिपूरक सम्बन्ध हुनुपर्छ, दुवै स्वतन्त्र न्यायपालिकाको संरक्षण गर्ने निकाय हुन्, एकले अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छैन । ”

बार दिवसकै दिन प्रत्येक वर्ष वरिष्ठ अधिवक्ताको पदवी दिने व्यवस्था गर्न माग भइरहेको पनि सर्वोच्च अदालतले त्यसबारेमा ध्यान दिएको देखिँदैन ।

“सक्षम र इमान्दार न्यायाधीश र वकिलको उद्देश्य नागरिकलाई न्याय दिनु नै हो, बार र बेन्चको भूमिका अलगजस्तो देखिए पनि दुवै एकार्कामा सम्बन्धित छन्, दुुवैले एकार्कालाई सम्मान गर्नुपर्छ” अधिवक्ता भट्टराईले थप्नुयभो ।

बारका महासचिव खम्बबहादुर खाती भने बार र बेन्चबीच राम्रो सम्बन्ध भएको बताउनुहुन्छ । “बार र बेन्चबीच एक–अर्कालाई हिलो छ्यापाछ्याप गर्ने काम हुँदैन, न्यायालयमा देखिएको विकृति÷विसङ्गतिमा बारले सधैँ कुरा उठाउँछ”, उहाँले थप्नुभयो । वरिष्ठ अधिवक्ताको पदवि दिने कुरामा जतिसक्दो छिटो निर्णय गर्न बारले प्रधानन्यायाधीश सुशीला कार्कीलाई भेटेर कुरा अघि बढाएको र छिट्टै काम अघि बढ्नेमा आफू आशावादी भएको महासचिव खातीको भनाइ छ ।

यसअघि बारले उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति गर्दा बारबाट ५० प्रतिशत कानुन व्यवसायीबाट हुनुपर्ने कुरा उठाउँदै आएको छ । बारका केन्द्रीय सदस्य विष्णुमाया भुसाल बार निर्वाचन एउटा–एउटा विचारधारमा आएको भए पनि त्यहाँ प्रवेश गरेपछि आस्थाका आधारमा विभेद नगरी प्रजातान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्नुपर्ने जरुरी देख्नुहुन्छ । “न्यायाधीश र वकिल दुवै क्षमतावान् हुनुपर्छ, बार र बेन्चबीच सम्बन्ध सुधारेर अघि बढ्नुपर्छ, दुवैको उतिकै महत्व छ”, उहाँले थप्नुभयो ।

राजनीतिक खिंचातानीका कारण बार पछिल्लो समयमा व्यावसायिक रुपमा कमजोर हुँदै गएको आरोप लाग्ने गरेको छ । अधिवक्ताहरुले कतिपय अवस्थामा यसलाई स्वीकार पनि गरेका छन् । बार एसोसिएसन २०१३ साल पुस ७ गते स्थापना भएको हो । बार दिवसका अवसरमा बारका देशैभरका ८६ शाखाले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन् ।

सोही अवसरमा यही पुस १ र २ गते बारले मैत्रीपूर्ण फुटबल खेलको आयोजना समेत गरेको थियो । काठमाडौँ उपत्यकामा यस वर्ष ललितपुर बार एसोसिएनले विशेष कार्यक्रम आयोजना गर्न लागेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter