स्वास्थ्य चौकीलाई निःशुल्क जग्गादान

File Photo

बैतडी, ९ पुस । पुर्चौडीका स्थानीय बासिन्दाले हाट स्वास्थ्य चौकीलाई निःशुल्क पाँच रोपनी जग्गादान गरेका छन् ।

डिलाशैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहराले सगोल रुपमा (दुई रोपनी) निःशुल्क जग्गादान गरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले बताउनुभयो ।

यसअघि स्वास्थ्य चौकीका लागि सुविधा सम्पन्न भवन बनाउन जग्गा अभाव रहेको थियो । निःशुल्क जग्गा पाएसँगै अब सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीलाई साढे सात लाखको जग्गा प्रदान

यसैगरी, म्याग्दीको भगवतीमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयवासीले रु सात लाख ५० हजार बराबरको जग्गा खरिद गरेर उपलब्ध गराएका छन् ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि दुई व्यक्तिले चार रोपनी भन्दा बढी जग्गा उपलब्ध गराएका हुन् । भवबहादुर भण्डारीले रु साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले रु एक लाख भन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर उपलब्ध गराउनुभएको स्वास्थ्य चौकीका प्रमुख अहेब टीकाबहादुर शाहीले जानकारी दिनुभयो ।

जग्गाको व्यवस्था भएपछि सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाउने तयारी गरेको छ । एक दशकदेखि जीर्ण अवस्थामा रहेको दुई कोठे भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी समेत छैनन् ।

भवन साँघुरो र जीर्ण रहेकाले औषधि भण्डारण, परामर्श, बिरामीको स्वास्थ्य परीक्षण, सुरक्षित प्रसूती सेवा प्रवाह गर्न समस्या भएको हो । गाविसले उपलब्ध गराएको भवनबाट जसोतसो सेवा दिइरहेको स्वास्थ्य चौकीका प्रमुख शाहीले बताउनुभयो ।

सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेग गाविसका बासिन्दाले सेवा लिँदै आएका छन् । सेवाग्राहीको सङ्ख्या दैनिक २० जनाको अनुपातमा रहेको छ । विभिन्न तहका ६ जनाको दरबन्दी रहेको चौकीमा हाल एकजना करारकासहित दुईजना स्वास्थ्यकर्मी र एकजना कार्यालय सहयोगी रहेका छन् ।

सबै सेवा एउटै कोठाबाट दिनुपर्दा बिरामीले आफ्नो समस्या स्पष्टसँग व्यक्त गर्न नसक्ने र लजाउने गरेको अनमी विपासा परियारले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter