• Monday, April 14, 2025

फलफूलमा आत्मनिर्भरको योजना अलपत्र

fruitsराजाराम कार्की / काठमाडौँ, ९ पुस । सरकारले फलफूल दशक सञ्चालन कार्यविधि तयार गरेको भए पनि कार्यान्वयनमा कुनै छनक देखिएन । फलस्वरुप फलफूलमा आत्मनिर्भरको योजना तुहिने सङ्केत देखिएको छ ।

गत असोज १२ गतेको सचिवस्तरीय निर्णयबाट आव २०७३÷०७४ देखि आव २०८२÷०८३ लाई फलफूल दशकका रुपमा कार्यक्रम प्रस्ताव गरेको थियो । आगामी १० वर्षभित्र आँप, लिची, केरा, सुन्तला, कागती, ज्यामिरमा देशलाई आत्मनिर्भर हुन मद्दत गर्ने अभिप्रायबाट कार्यविधि तयार भएको हो ।

गत पाँच वर्षको तथ्याङ्क हेर्दा हिउँदे तथा सुन्तला जातको फलपूmल उत्पादन बढेको देखिएपनि आयात भने घटेको देखिदैन । आव ०६६÷०६७ मा रु ९० करोडको फलपूmल आयात भएकोमा आव ०७०÷०७१ मा रु १२ अर्ब १८ करोडको मात्र आयात भएको सरकारी आँकडा छ ।

त्यसैगरी निर्याततर्फ आव ०६६÷०६७ मा रु ४८ करोडको फलपूmल निर्यात भएकोमा आव ०६९÷०७० मा रु तीन करोड ३१ लाखमा सीमित भएको छ । सन् २०११ मा सातलाख ९४ हजार १६४, सन् २०१२ मा १० लाख २९ हजार ७५४, सन् २०१३ मा नौ लाख ३८ हजार ७३१, सन् २०१४ मा नौ लाख ६५ हजार ४४ र सन् २०१५ मा नौ लाख ९२ हजार ७०३ मेट्रिक टन फलपूmल उत्पादन भए पनि आयात प्रतिस्थापन हुन सकेको छैन ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको कृषि गणना २०६८ अनुसार पूर्वी पहाडी जिल्लामा सुन्तला जातको फलपूmलमा ४६ प्रतिशत, केरामा ५६ प्रतिशत, स्याउमा २४ प्रतिशतले वृद्धि भए पनि जुनारमा ६१ प्रतिशत कागतीमा ३७ प्रतिशत र आँपमा ३ प्रतिशतले उत्पादन घटेको उल्लेख छ ।

“उत्पादन प्रक्रियामा सरकारको सक्रिय सहभागिता नहुन, जमिन बाँझै बस्नुलगायत कारणले स्वदेशमा चाहिएजति फलफूल उत्पादन गर्न सकिएन भन्नुहुन्छ”–फलपूmल उत्पादक कृषक रामकृष्ण ढकाल ।

ग्रामीण युवायुवती वैदेशिक रोजगारमा जानु, कृषि सडक निर्माणमा सक्रिय सहभागिता नहुन तथा सरकारको उत्पादन प्रक्रियाका लागि ठोस रणनीति नहुनुले फलपूmलको आयात बढेको कृषि उपभोक्ता मञ्चका अध्यक्ष उद्धव अधिकारीले बताउनुभयो ।

कृषि क्षेत्रबाट हुने उत्पादनमा फलपूmलको आठ प्रतिशत योगदान छ । कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत छ । आव ०७१÷०७२ मा फलपूmल बालीले ढाकेको क्षेत्रफल एकलाख ५० हजार ३८७ हेक्टरमध्ये एकलाख १० हजार ८०२ हेक्टर जमिनमा फलपूmल खेती गरिएको छ ।

सन् २०१४ मा ४८ हजार ९४६ मेट्रिकटन स्याउ उत्पादन भएको निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । स्वदेशमा उत्पादन हुने र अन्य मुलुकबाट आयात हुनेसम्म गरी वार्षिक ९२ हजार ९५० मेट्रिक टन स्याउ नेपालीका लागि आवश्यक पर्ने कृषि विकास विभागले प्रकाशन गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ ।

नेपालीको फलफूल खानेबानीमा वृद्धि भएको छ । पहिले बिमारी हुँदा मात्र फलपूmल खाने चलन थियो । जीवनस्तरमा सुधार, चेतनामा अभिवृद्धि र स्वास्थप्रति सजकता अपनाउने समुदाय फलपूmल खान आर्कषित हुने गरेका बताउनुहुन्छ –कृषि विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव योगेन्द्रकुमार कार्की ।

नेपालीको आवश्यकताअनुसार झन्डै स्याउ उत्पादनमा ५० प्रतिशतले वृद्धि गर्नुपर्ने फलपूmल विकास निर्देशनलायले जनाएको छ । स्याउ उत्पादनमा चिन्ता र चासो राख्नु स्वभाविकै भए पनि यसवर्ष झन्डै ५१ लाख लिटर विभिन्न फलपूmलका जुस आयात भएको भन्सार विभागले प्रकाशन गरेको पुस्तकमा उल्लेख छ । स्याउ उत्पादनका लागि कर्णाली उर्वरभूमि मानिएको छ । तर सडकको पहँुच राम्रोसँग पुगेको छैन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter