कन्याममा घोडा व्यवसाय फस्टाउँदो

horse-ridingगोविन्द लामिछाने / इलाम, ९ पुस । पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्याेदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन ।

घोडामा चढाएर पर्यटक डुलाउनमै उहाँ व्यस्त हुनुहुन्छ । चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ ।

घोडा चढेर पर्यटक रमाउन थालेपछि अहिले घोडावालाको आम्दानीका स्रोतसमेत बढेको छ । पर्यटकलाई घोडामा चढाएर घुमाउँदा राम्रो आम्दानीसमेत हुन थालेपछि आफूले यो पेसा अङ्गालेको तामाङ बताउनुहुन्छ ।

दिनभर घोडा डुलाउँदा रु. एक हजारदेखि रु. एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ । हरेक वर्ष कात्तिक पहिलो सातादेखि पुस अन्तिमसम्म घोडासँगै उहाँ कन्याममा पर्यटक डुलाउन व्यस्त हुने गर्छ ।

उनीसंगै पर्यटकीय मौसममा घोडा व्यवसाय सञ्चालन गरेर आम्दानी गर्ने यहाँ धेरै छन् । कन्याम आसपासका क्षेत्रमा अहिले ३० जना भन्दा बढीको आयआर्जनको गतिलो माध्यम घोडा व्यवसाय बनेको छ । ‘घोडाले सामान ढुवानी गर्न मद्दत पु¥याएको त छ नै, उहाँ भन्नुहुन्छ, “पर्यटक लोभ्याउने साधन समेत बनेको छ ।” कन्यामका डाँडाकाँडा पु¥याउने, चियाबारी घुमाउने दुरीको हिसाबले शुल्क लिने गरेका छन् ।

कन्याममा घोडा चढेर फोटो खिचेको रु. ५० र घोडा चढेर घुम्नेका लागि रु एक सय शुल्क निर्धारण गरिएको छ । दैनिक हजाराँैंको सङ्ख्यामा आउने पर्यटक डुलाउनका लागि ३५ वटा घोडा सूर्योदय नगरपालिकामा दर्ता छन् ।

कन्याममा पर्यटकका लागि घोडा सञ्चालनमा आएकाले सूर्योदय नगरपालिकाले समेत राम्रो आम्दानी गरिरहेका छन् । एकजना घोडावालाले वार्षिक रु. छ हजार सेवा शुल्क नगरपालिकालाई बुझाउने गरेका छन् ।

पिकनिक मनाउन कात्तिक पहिलो सातादेखि नै कन्याममा घुइँचो लाग्ने गरेका छन् । यहाँ वनभोज खानकै लागि पोखरा, उदयपुर, धनुषा, दाङ, भोजपुर, पाल्पा, सुनसरी, मोरङ, कैलाली, झापा, मोरङका साथै भारतको दार्जीलिङ, सिक्किम, जलपाइगुडी, मिरिकलगायतका ठाउँबाट पर्यटक आउने गरेका छन् ।

कन्याम आएका बेला एकपटक नचढी कोही फर्केका छैनन्’, पश्चिम कैलालीदेखि दार्जीलिङसम्मका सयौं पर्यटकलाई घोडामा चढाएर घुमाइसकेका तामाङ भन्नुहुन्छ ‘घोडा पर्यटकको पहिलो रोजाइ नै बनेको छ ।’ १० वर्षदेखि कन्याममा घोडा व्यवसाय सञ्चानलमा आएपछि उल्लेख्य रूपमा आन्तरिक एवम् बाह्य पर्यटकहरू बढेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter