बन्द उद्योग खोल्न सरकारले सहयोग गर्छ : मन्त्री जोशी

nabindra-raj-joshiचितवन, ९ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका निजी उद्योग खोल्न सरकारले पहल थालेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारीसँगै बन्द भएका निजी उद्योग खोल्नसके उत्पादनसँगै रोजगारीका अवसर दिलाउन सकिने बताउँदै नीतिगतरुपमा देखिएका अप्ठ्यारा फुकाउने र औद्योगिक विकासका लागि अघि बढ्ने काम सरकारले गरिरहेको बताउनुभयो ।

निजी उद्योग के–कति कारणले बन्द भएका हुन् सञ्चालकसँग छलफल भइरहेको बताउँदै मन्त्री जोशीले सरकारी तवरबाट हुने सहयोगले उद्योग पुनःसञ्चालन गर्न सकिन्छ भने सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो ।

यसैगरी चितवन उद्योग सङ्घको १७ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री जोशीले मालिक र मजदुरबीचमा सम्बन्ध राम्रो बन्न नसक्दा नेपालका उद्योगमा समस्या उत्पन्न भएको बताउनुभएको छ ।

चितवन जिल्लामा औद्योगिक क्षेत्र निर्माणका लागि आफू फर्किएलगत्तै अध्ययन टोली पठाएर काम सुरु गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सांसद सुरेन्द्र पाण्डे, शेषनाथ अधिकारी, उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष उमेशसिंह, उद्योग सङ्घ चितवनका अध्यक्ष भीमबहादुर पाण्डलगायतले बोल्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter