• Monday, April 21, 2025

सवारीचालक अनुमतिपत्र आवेदन आजदेखि अनलाइनबाटै

Smart cardललितपुर, १० पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट सुरु भएपछि सेवाग्राहीले छिटो सेवा पाउने भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

यातायात व्यवस्था विभाग सवारी, चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाद्वारा आज यहाँ आयोजित सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट दर्ता गर्ने कार्यक्रमको शुभारम्भ गर्दै उहाँले नागरिकलाई सुविधा प्रदान गर्ने उद्देश्यले अनलाइन सेवाको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री लेखकले यातायात क्षेत्रमा पहिलोपल्ट प्रारम्भ भएको अनलाइन सेवालाई थप सुधार गरिँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै यो व्यवस्था बागमतीस्थित एकान्तकुना कार्यालयमा सिमित नभएर छिट्टै देशभरका कार्यालयमा सुरुवात गरिने बताउनुभयो ।

चालक अनुमतिपत्रको आवेदनमात्र नभएर निकट भविष्यमै नवीकरण र सवारी व्लूबुकलाई समेत अनलाइनबाटै सेवा दिने उद्देश्य रहेको उहाँले भन्नुभयो ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अनलाईन माध्यमले दैनिकरुपमा धेरै कष्ट गरेर आवेदन भर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै समयको बचतसमेत हुने बताउनुभयो ।

अनलाइनबाट दुई पाङ्ग्रे मोटरसाइकल (ए) र स्कुटर(के)का लागि आवेदन भर्न सक्ने उहाँले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter