‘उज्यालो नेपाल’को सपना साकार पार्न उर्जामन्त्रीको निर्देशन’

janardan-sharmaकाठमाडौँ, ११ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रको विकासका लागि तय गरिएका कार्ययोजनाको शतप्रतिशत कार्यान्वयनका लागि दिनरात नभनी काम गर्न मन्त्रालय र मातहतका विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित ‘चालु आवको आयोजनाको पहिलो चौमासिक प्रगति समीक्षा एवम् समाधानका उपाय’ विषयको कार्यक्रममा उहाँले निर्माणाधीन आयोजनाको कार्यप्रगति बढाउन र समस्या देखिएका क्षेत्रमा विशेष ध्यान दिन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो ।

मन्त्री शर्माले सरकारको प्रमुख लक्ष्यका रुपमा रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई विशेष प्राथमिकतामा राख्न र सोहीअनुसार अगाडि बढेको कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदै ‘उज्यालो नेपाल’को सपना साकार पार्नका लागि कुनै पनि कमजोरी नगर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।

सरकारले केही ठूला जलविद्युत् आयोजना अगाडि बढाउने सोच राखेको भन्दै उहाँले त्यसको आवश्यक भौतिक एवम् प्राविधिक तयारी तत्काल गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले मन्त्रालय मातहत पहिलो प्राथमिकतामा ३२, दोस्रो प्राथमिकतामा तीन र तेस्रो प्राथमिकतामा दुई गरी कुल ३७ आयोजना सञ्चालनमा रहेको भन्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीको कार्यप्रगति उत्साहजनक रहेको बताउनुभयो ।

उहाँले सबै कर्मचारी तथा विभागीय प्रमुखलाई राष्ट्रिय आवश्यकताको ख्याल गरेर अगाडि बढ्न र कार्यसम्पादनमा कुनै पनि कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, बूढीगण्डकी जलविद्युत् आयोजना विकास समिति, जलविद्युत् लगानी तथा विकास कम्पनीलगायतका प्रमुख तथा प्रतिनिधिले आयोजनाको अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter