• Friday, April 11, 2025

बौद्धमय बन्दै लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर

Buddhaलुम्बिनी, १३ पुस । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको छ ।

विश्व शान्तिको केन्द्र लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सिद्धार्थनगर भैरहवा आउँदा बुद्धको झझल्को दिने गरी सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको हो ।

प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर भैरहवालाई बुद्धमय नगरी बनाउने उद्देश्यअनुसार पहिलो चरणमा भैरहवाको प्रमुख बजार बैंकरोडका पसल तथा घरमा बौद्ध झण्डा राख्ने अभियान आजदेखि सुरु भएको हो ।

बुद्धनगरी भैरहवामा अहिलेसम्म भैरहवाको बुद्धचोकमा बुद्धमूर्ति र देवकोटा चोकमा बुद्धको अर्ध कदको सालिक तथा लुम्बिनी रोडमा वैदिक सनातन धर्म सेवा समितिले निर्माण गरेको लुम्बिनी द्वार मात्र थिए । सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियानस्वरुप एउटै रङका बुद्धको झण्डा र घरमा रङ प्रयोग गर्ने गरी अभियानको थालनी गरिएको अभियानमा सामेल भैरहवा मर्निङवाक ग्रुपले जनाएको छ ।

अभियानको अगुवाइमा एक कार्यक्रमकाबीच केही वर्षभित्रै भैरहवाका मुख्य चोक तथा बजारमा एउटै रङ र बुद्धको झण्डा राख्ने अभियान थालिएको छ । यसलाई तीव्रताका साथ अगाडि बढाइने गु्रपका अध्यक्ष विजय गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानलाई सिद्धार्थनगर नगरपालिकाले पनि आवश्यक नीतिगत सहयोग गर्ने जनाएको छ । अभियानको सिद्धार्थ नगरपालिकाका कार्यकारी प्रमुख गोपालप्रसाद रेग्मीले संसारमै बुद्धजन्मस्थल भनेर परिचित भैरहवाको महत्व बुद्धको ध्वजाले झल्काउने बताउनुभयो ।

पाँचवटा रङ नीलो, पहेंलो, रातो, सेतो र कलेजी मिश्रित रङले बौद्ध झण्डा बनाइएको हुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter