नयाँ वर्षमा उपत्यकामा विशेष सुरक्षा

Metropolition Police Crime Sectionकाठमाडौँ, १३ पुस । नेपाल प्रहरीले सन् २०१७ को अङ्ग्रेजी नयाँ वर्षको अवसरमा उपत्यकामा विशेष सुरक्षा योजना ल्याएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले नयाँ वर्षमा लुटपाट, चोरी तथा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ विशेष सुरक्षा योजना ल्याएको बताउनुभयो ।

महाशाखाले गत वर्षको नयाँ वर्षको पूर्वसन्ध्यामा माधक पदार्थ सेवन गरी सवारी चलाउने २२७ जनालाई कारबाही गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवम् प्रवक्ता प्रद्युम्न कार्कीले महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरी ठमेल र दरबारमार्गमा सादा तथा प्रहरी पोसाकमा प्रहरी खटाउन लागेको जानकारी दिनुभयो । उहाँले राति २ बजेसम्म होटल खोल्न पाउने व्यवस्था गरेको र त्यसभन्दा पछि पनि होटल खोले कारबाही गरिने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक अशोक सिंहले नयाँ वर्षमा लुटपाट तथा दुर्घटना नहोस् भन्ने उद्देश्यका साथ साँझ ६ बजेदेखि ११ र राति ११ देखि बिहान ५ बजेसम्म गरी दुई चरणको सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले नगरकोट र काभ्रेपलाञ्चोक आसपासको क्षेत्रमा विशेष सुरक्षा जाँचको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी र नेपाल प्रहरीले उपत्यकाको ११५ स्थानमा संयुक्त सुरक्षा चेकप्वाइन्ट राख्न लागेको छ । यस्तै १५ स्थानमा विशेष सुरक्षा अनुगमन मिलाएको छ ।

यस्तै सवारी साधनलाई व्यवस्थित गर्नका लागि काठमाडौँको लैनचौर फुटबल मैदान, नेपाल स्काउट, महेन्द्रशालिक दक्षिण गेट, दक्षिण गेटदेखि जय नेपाल हलसम्म र दरबार सङ्ग्रहालय उत्तरी गेटमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter