मानव अधिकार उल्लङ्घनकर्ताको नाम सार्वजनिक हुन्छ — प्रवक्ता अन्सारी

NHRCनेपालगन्ज, १६ पुस । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले नेपालको पछिल्लो मानवअधिकारको अवस्था चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

आयोगको क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अन्यौलपूर्ण राजनीतिक अवस्थाका कारण आमनेपाली जनता उकुसमुकुसको अवस्थामा छन्, मानवअधिकारको अवस्था झन् जटिल बन्दै गएको छ ।”

उहाँले मानवअधिकार उल्लङ्घनमा परेका नागरिकलाई न्याय दिलाउन तथा दोषीमाथि कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गर्ने फाइलउपर समयमा छिनोफानो नहुँदा आयोगप्रति नागरिकमा वितृष्णा उत्पन्न हुन थालेको छ भन्नुभयो ।

प्रवक्ता अन्सारीको थप कथन थियो, “मानवअधिकार संरक्षण एवम् सम्वद्र्धनमा राष्ट्रिय संयन्त्रहरू प्रभावकारी नभएका कारणले नै सरकार र जनताबीचको दुरी बढ्ने गरेको छ, यो सुखद पक्ष होइन ।”

प्रवक्ता अन्सारीले मानवअधिकार उल्लङ्घनकर्ताहरूको सूची आयोगसँग छ भन्दै आयोगले उनीहरूको नाम छिट्टै सार्वजनिक गर्नेसमेत बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter