• Friday, June 13, 2025

पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा निःशुल्क गर्न निर्देशन; भरतपुर क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानमा लैजाने

Health Ministryकाठमाडौँ, २३ पुस । महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर ९सर्भाइकल क्यान्सर० सबैभन्दा बढी देखिएको छ ।

मन्त्रिपरिषद्को गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सृष्टि प्रजापतिका अनुसार यस सङ्क्रमणलाई प्रि क्यान्सर भनिन्छ । यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ÷दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ । “सङ्क्रमण भए÷नभएको प्याप स्मेयर टेस्ट ९गर्भाशय स्राव परीक्षण० गरेर पत्ता लगाउन सकिन्छ,” प्रजापतिले भन्नुभयो ।

परिक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ । प्याप स्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै सो परीक्षण महिनावारी भएका बेला गर्न मिल्दैन । परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन । परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ । परीक्षणले भविष्यमा ठूलो धनजनको क्षति हुनबाट बचाउँछ ।

चिकित्सकका अनुसार सो परीक्षण पहिला छ महिनाको फरकमा तीनपटक गर्नुपर्छ । तीनैपटक परीक्षणमा नकारात्मक देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नकारात्मक देखिएमा तीन वर्षपछि परीक्षण गराउनुपर्छ । यसमा पनि नकारात्मक देखिएमा पाँच वर्षपछि परीक्षण गर्नुपर्छ ।

यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ । तर परीक्षण गर्न छाड्न नहुने डा प्रजापति बताउनुहुन्छ । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत हुन उहाँको भनाइ छ ।

भरतपुर क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानमा लैजाने

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक प्रतिष्ठानका रुपमा लैजान कार्य थाल्ने निर्णय गरेको छ ।

आज राजधानीमा बसेको सञ्चालक समितिको बैठकले क्यान्सर अस्पतालमा दक्ष जनशक्ति अभाव भएकाले पहिलेदेखिकै योजनालाई मूर्तरुप दिन कार्य थाल्ने निर्णय गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाशराज न्यौपानेले आफूहरुसँग २० वर्षको अनुभव भएकाले यसलाई शैक्षिक प्रतिष्ठानका रुपमा लैजान स्वास्थ्यमन्त्री गगनकुमार थापा सकारात्मक भएको र योजना बनाएर ल्याउन भनेको जानकारी दिनुभयो ।

आज बसेको बैठकले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाउने निर्णय गरेको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको गुनासो बढेपछि अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा सो व्यवस्था लागू गर्न लागिएको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्ले यही पुस २१ गते रिक्त छ जना सदस्य मनोनयन गरेर क्यान्सर अस्पतालको सञ्चालक समितिलाई पूर्णता दिएपछि नौ महिनापछि आज सञ्चालक समितिको बैठक बसेको हो । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले भन्नुभयो, “निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी गरेका छौँ । क्यान्सर अस्पतालको विसं २०५५ मा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको थियो । त्यसकारण उक्त निर्णय कार्यान्वयन गर्न सहज हुनेछ ।”

अस्पताल सुधारका लागि सञ्चालक समितिले आवश्यक पेटस्क्यान मेसिन किन्न मन्त्रालयसँग सहयोग अनुरोध गर्ने पनि निर्णय गरेको छ । सरकारले अस्पताललाई उक्त मेसिन किन्न बजेट छुट्याएको भए पनि कानुनी बाधाका कारण अप्ठ्यारो भएपछि मन्त्रालयलाई नै अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष डा न्यौपानेले बताउनुभयो ।

नेपालको रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले वार्षिक रुपमा एक लाख बढी बिरामी देशभर र भारतबाट पनि ओपिडीमा जाँच गराउन आउने गर्छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter