• Saturday, May 24, 2025

पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन आवश्यक : राष्ट्रपति भण्डारी

Prithivi Narayan Shahकाठमाडौँ, २४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन माग गरेको छ ।

पार्टीले उक्त दिन आयोजना गर्न लागेको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज निमन्त्रणा गर्न शीतलनिवास गएका पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीको नेतृत्वको समूहले बिदाको माग गरेको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरी देशको पहिचान बनाएको बताउँदै राष्ट्रिय एकताका प्रतीकका रुपमा पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन खाँचो रहेको विचार व्यक्त गर्नुभएको प्रमुख सचेतक गिरीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले उक्त दिन सहभागी हुनका लागि छलफल गरी समयमा पार्टीलाई सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पार्टीले प्रमुख सचेतक दीलनाथ गिरीलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा संवैधानिक निकाय, राजनीतिक दल, कूटनीतिक निकाय लगायतलाई निमन्त्रणाको जिम्मेवारी दिएको थियो ।

प्रत्येक वर्ष पृथ्वी जयन्तीका अवसरमा पार्टीले औपचारिक रुपमा एकता दिवस तथा चियापान गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter