• Monday, June 09, 2025

चौधौँ आवधिक योजनाको विस्तृत कार्यक्रम पारित; सात प्रतिशतको आर्थिक वृद्धिदर अपेक्षा

government logoकाठमाडौँ, २४ पुस । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले चौधौँ आवधिक योजनाको विस्तृत कार्यक्रम आज पारित गरेको छ ।

आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले आव २०७३÷७४–२०७५÷७६ का लागि त्रिवर्षीय कार्यक्रम पारित गरेको हो । आवधिक योजनामा सात प्रतिशतको आर्थिक वृद्धिदर अपेक्षा गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले समयअगावै १४ औँ योजना आएको र यसले योजनाको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “अहिले पनि हामी सङ्क्रमणकालकै चरणमा छौँ । संविधान निर्माणपछि राजनीतिक सङ्क्रमण केही हदसम्म समाधान भए पनि सङ्घीयताको कार्यान्वयन नहुँदासम्म आर्थिक योजना र संरचनाको सङ्क्रमण बाँकी नै रहन्छ ।”

उहाँले सरकारको अबको कार्यक्रम सङ्घीयता कार्यान्वयन, प्रादेशिक संरचना र योजना निर्माणमा केन्द्रित हुने बताउनुभयो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले आगामी योजनाले सङ्घीयता कार्यान्वयन, कर्मचारी व्यवस्थापन र प्रादेशिक संरचना र पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको आधारपत्र केही महिनाअघि नै राष्ट्रिय विकास समितिबाट पारित भएको र सोही आधारपत्रबमोजिम कार्यक्रम आएको हो ।

उत्पादनमूलक क्षेत्र, पूर्वाधार, सामाजिक क्षेत्र र सामाजिक सुरक्षाको क्षेत्र, वातावरण संरक्षण, लैङ्गिक समानता, वातावरणको क्षेत्रलाई कार्यक्रममा प्राथमिकता दिइएको आयोगका सदस्य डा स्वर्णिम वाग्लेले जानकारी दिनुभयो ।

कृषि, उद्योग पर्यटन, पूर्वाधारमा क्षेत्रगत रुपमा प्राथमिकता दिइएको सदस्य वाग्लेले बताउनुभयो । बैठकमा योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १४ औँ योजनाको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter