• Wednesday, June 11, 2025

एकीकृत मुसहर नमुना बस्ती निर्माण सुरु

Dhurmus Suntaliबर्दिबास, २५ पुस । महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको आज शिलान्यास भएको छ ।

हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, गरिब र आपद्विपद्मा परेका नेपालीको सेवामा लागेर अनुकरणीय काम गरेको बताउनुभयो ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माण आगामी चैत मसान्तभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । आगामी विसं २०७४ को पहिलो दिनमै मुसहर बस्तीका ५० परिवारलाई नवनिर्मित पक्की घर हस्तान्तरण गरिने उहाँको भनाइ छ ।

सो अवसरमा विभिन्न सङ्घसंस्था, कार्यालय र व्यक्तिले बस्ती निर्माणका लागि रु १८ लाख र निर्माण सामग्री फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गर्नुभयो । फाउन्डेसनले यसअघि काभ्रेपलाञ्चोकको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौर बस्ती निर्माण गरिसकेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter