• Tuesday, June 10, 2025

नसर्ने रोगको जोखिम बढ्दै, मन्त्रालयले सुरु ग¥यो ‘पेन प्याकेज’ कार्यक्रम

Health Ministryकाठमाडौँ, २७ पुस । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् ।

प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको र नेपालमा नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु हुने गरेको विश्वस्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको बताउनुभयो ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले नसर्ने रोगको अर्को प्रमुख कारण मधुमेह भएको भन्दै त्यसका लागि आफ्ना आचरण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले नसर्ने रोगको जोखिम बढ्न थालेपछि पेन प्याकेज कार्यक्रममार्फत कैलाली र इलामबाट जनचेतना र उपचार सेवा दिन सुरु गरेको छ ।

नेपालमा नसर्ने रोगका कारण ६० प्रतिशत व्यक्तिको मृत्यु भएको बताउँदै प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाका निर्देशक मोहम्मद दाउदले भन्नुभयो, “नसर्ने रोगको समस्या बढ्दै आएकाले आर्थिक वर्ष २०७३÷०७४ देखि नै वार्षिक कार्यक्रममार्फत अन्य नसर्ने रोगको उपचार कार्यक्रम सुरु गरेका हौँ ।”

यसै वर्ष नै मकवानपुर, रौतहट, म्याग्दी, अछाम, पाल्पा, बर्दिया, सुर्खेत, बाग्लुङमा पनि नसर्ने रोगबारे कार्यक्रम विस्तार गरिने महाशाखाले जनाएको छ । पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वास (सिओपिडी) रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर कार्यक्रम सुरु गरेको छ । कार्यक्रम विस्तार हुने जिल्लामा चारवटै रोगको कार्यक्रम अघि बढाइने तयारी भएको निर्देशक दाउदले बताउनुभयो ।

निर्देशक दाउदका अनुसार पेन प्याकेज कार्यक्रममा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने, कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरी नसक्ने अवस्था हुनासाथ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउन सक्नेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter