• Friday, May 23, 2025

सन् २०१६ मा सात लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

tourists-visiting-Nepalकिरण भट्टराई / काठमाडौँ, २७ पुस । सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ ।

जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाइ छ ।

सन् २०१५ मा पाँच लाख ५४ हजार ७४७ जना पर्यटकले मात्रै नेपाल भ्रमण गरेकामा सन् २०१६ मा सोभन्दा एक लाख ७४ हजार ८०३ बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१४ मा भने सात लाख ९० हजार ११८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

विभागका महानिर्देशक केदार न्यौपानेले सन् २०१५ मा भूकम्प, आन्दोलन र अघोषित भारतीय नाकाबन्दीका कारण घटेको पर्यटक आगमन सन् २०१६ मा सुधार आएको बताउनुभयो ।

गत वर्ष नेपाल भ्रमण गर्नेमा शीर्षस्थानमा भारतीय, चिनियाँ र श्रीलङ्काका रहेका छन् ।

गत वर्ष सबैभन्दा बढी एक लाख १८ हजार २४९ भारतीय पर्यटक हवाइ मार्गबाट नेपाल आएका छन् । नेपाल आउने पर्यटकमा दोस्रो शीर्ष स्थानमा चिनियाँ पर्यटक एक लाख चार हजार पाँच रहेका छन् । जसमध्ये ८० हजार ५५३ जना हवाइ मार्ग र २३ हजार ४५२ रसुवा नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।

त्यसैगरी शीर्ष दशमा क्रमशः श्रीलङ्काली ५७ हजार ५२१ जना, अमेरिकी ५३ हजार ६४५, बेलायती ४६ हजार २९५, थाइल्यान्डका २६ हजार ७२२, म्यानमारका २५ हजार ७६९, अस्ट्रेलियाका २५ हजार ५०७, दक्षिण कोरियाली २५ हजार १७१, जर्मनीका २३ हजार ८१२ पर्यटकले गत वर्ष नेपाल भ्रमण गरेका छन् ।

यस्तै बङ्गलादेशका २३ हजार ४४०, जापानी २२ हजार ९७९, फ्रान्सेली २० हजार ८६३, मलेसियाका १३ हजार ६६९, क्यानडेली १२ हजार ४९१, स्पेनका १२ हजार २५५, नेदरल्यान्डका ११ हजार ४५३, इटलीका नौ हजार ९११, भुटानी छ हजार ५९५ र ताइवानी छ हजार ४२५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यसैगरी सन् २०१६ मा इजरायलका पाँच हजार ५१२, बेल्जियमका पाँच हजार ४१६, रुसी चार हजार ९९८, सिङ्गापुरका चार हजार ८४९, डेनमार्कका चार हजार ८२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

भूकम्प, नाकाबन्दीपछि थलिएको नेपालको पर्यटनले बिस्तारै गति लिन थालेको पर्यटनको आगमनको बढोत्तरीले देखाएको छ । यही अनुपातमा पर्यटकको सङ्ख्या बढ्दै गए सन् २०१७ मा १० लाख पर्यटकले नेपाल भ्रमण गर्ने विभागका महानिर्देशक न्यौपानेको भनाइ छ ।

अक्टोबरमा सबैभन्दा बढी पर्यटकको भ्रमण

अन्य महिनाको तुलनामा सेप्टेम्बर ,अक्टोबर र डिसेम्बर महिनामा सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गर्ने गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ ।

अक्टोबरमा ८७ हजार ३२६ जना, डिसेम्बरमा ७४ हजार ४०६ जना र सेप्टेम्बरमा ७२ हजार ७२० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

जनवरी महिनामा ४० हजार २६०, फेब्रुअरीमा ५८ हजार ८७१, मार्चमा ७४ हजार ४९४, अप्रिलमा ५८ हजार २६२, मे महिनामा ४४ हजार ७२८, जुनमा ३६ हजार ८९७, जुलाइमा ४६ हजार १६०, अगस्टमा ६४ हजार ३८६, सेप्टेम्बरमा ७२ हजार ७२०, अक्टोबरमा ८७ हजार ३२६, नोभेम्बरमा ७१ हजार ४० र डिसेम्बरमा ७४ हजार ४०६ जनाले नेपाल भ्रमण गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter