• Monday, June 09, 2025

क्यानोनिङबाट स्थानीयवासी उत्साहित

Canoyingपोखरा, २७ पुस । क्यानोनिङ (छाँगावरोहण)को गाउँमा सम्भावना देखिएपछि स्याङजाको इलादीस्थित सुन्तलाबारीका स्थानीयवासीमा उत्साह थपिएको छ ।

इलादीस्थित सुन्तलाबारीमा नेपाल क्यानोनिङ एसोसिएसनका पदाधिकारी बोलाएर हालै प्रशिक्षण समेत सञ्चालन गरेपछि गाउँमा क्यानोनिङको सम्भावना रहेको कुराले स्थानीयवासीमा खुसीयाली छाएको स्थानीय समाजसेवी मोहन खनाल बताउनुहुन्छ ।

क्यानोनिङको साथै यहाँ वरपरका प्राकृतिक दृश्यावलोकन, स्थानीय कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अत्यधिक सम्भावना रहेको उहाँको भनाइ छ । यहाँका सातवटा घरमा दुई वर्षयता होम स्टे सञ्चालन गरिएको र यसको विस्तार गरी १५ वटा घरमा होम स्टे सञ्चालन गर्न लागिएको खनालले बताउनुभयो ।
सुन्तलाबारीको खाल्टे झरना करिब ६० मिटर उचाइमा रहेको छ । सो झरनाका साथै यहाँ नजिकै रहेको वसन्ती दह माथिको ३० मिटर उचाइको अर्को झरनामा समेत क्यानोनिङको सम्भावना छ । साहसिक पर्यटनलाई रुचाउने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा आकर्षित गरी आयआर्जनका विभिन्न अवसर सिर्जना गर्न सकिने स्थानीयवासीले विश्वास लिएका छन् ।

क्यानोनिङ प्रशिक्षक दवीन्द्र तामाङका अनुसार साहासिक पर्यटकीय खेलमा रमाउन चाहने जो कोही पर्यटकले अब सुन्तलाबारीमा पुगी क्यानोनिङको मज्जा लिन सक्नेछन् । वालिङ नगरपालिका–८ त्रियासीदेखि करिब सात किलोमिटरको दुरीमा रहेको सुन्तलाबारीमा एसोसिएसनले हालै स्थानीय आठजना युवालाई क्यानोनिङको तालिम दिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter