• Saturday, May 24, 2025

Prithivi Narayan Shahकाठमाडौँ, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २९५ आँै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज भृकुटीमण्डपमा जलपान तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक) लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका प्रमुख, मन्त्रिगण, सांसद, बुद्धिजीवी, चिकित्सक, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

यसैगरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि कार्यक्रममा उपस्थित थिए ।

आगन्तुक अतिथिलाई राप्रपाका कार्यकारी अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ लगायत केन्द्रीय पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

राप्रपा नेपालले हरेक वर्ष आजकै दिन आयोजना गर्दै आएको सो कार्यक्रम दुई पार्टीबीच एकीकरण भएपछि पहिलोपटक यस्तो कार्यक्रमको आयोजना भएको हो ।

सो कार्यक्रममा कलाकार यम बराल, मीरा राणा लगायतले राष्ट्रिय भावनाका गीत तथा सङ्गीत प्रस्तुत गर्नुभएको थियो ।

शीर्ष नेताहरुद्वारा राष्ट्रिय एकतामा जोड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि राजनीतिक मूल्य र मान्यता स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “विसं २०६२÷६३ पछि सार्वजनिक विदा दिने विषयमा स्पष्ट नीति बन्न नसक्दा मन्त्रिपरिषद्को आज बसेको बैठकले यसको अध्ययनका लागि समिति गठन गरेको छ । यसले इतिहास, सबै भाषाभाषी, जनजातिका मागको समेत अध्ययन गरी विदाका विषयमा उचित सुझाव दिनेछ ।”

प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी राष्ट्रिय एकताका आधारका रुपमा बलियो केन्द्रीकृत राज्य स्थापना गर्नुभएको बताउनुभयो र भन्नुभयो – “बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको नेपाललाई थप बलियो बनाउन आवश्यक छ ।”

नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय एकताका लागि पृथ्वीनारायण शाहले पु¥याउनुभएको योगदानको स्मरण गर्दै विभाजित राज्य रजौटाहरुलाई एकीकरण गरेको श्रेय शाहलाई दिनुभयो । उहाँले भन्नुभयो – “पृथ्वीनारायण शाहका योगदानबारे जति बोले पनि सकिँदैन ।”

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो – “पृथ्वीनारायण शाहका योगदानलाई आफ्ना स्वार्थसिद्धिका निम्ति प्रयोग गरिनुहुन्न र शाहले तत्कालीन नेपाली जनताको चाहना र माग अनुसार नेपालको एकीकरण गर्नुभएको हो ।”

आफू प्रधानमन्त्री छँदा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन गरिएको सहमतिको प्रयास सार्थक नभएको पनि उहाँले उल्लेख गर्नुभयो ।

एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रम माधव नेपालले अहिले राष्ट्रलाई एकतावद्ध गर्न खाँचो रहेकामा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter