• Tuesday, April 15, 2025

सरकारी वकिलको अान्दोलन फिर्ता, बुधबारबाट काममा फर्किने

government logoकाठमाडौँ, ११ माघ । न्याय परिषदले केही साताअघि उच्च अदालतमा गरिएको ८० न्यायाधिशको नियुक्ति समानुपातिक नभएको भन्दै आन्दोलनमा उत्रिएका सरकारी वकिलहरुले अान्दोलन फिर्ता लिने भएको छ ।

यससँगै सरकारी वकिलहरुले बुधबारबाट अाफ्नो जिम्मेवारी निभाउनेछन् । मंगलबार साँझ कानुनमन्त्रालयमा भएको वार्ताका क्रममा सरकारी वकिल र महान्याधिवक्ता रमण श्रेष्ठले अान्दोलनमा उत्रिनु रहर नभर्इ बाध्यता भएको भन्दै माग सम्बोधन लागि अाग्रह गरेका थिए । ।

जवाफमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले सरकारी वकिलले उठाएको मागप्रति न्यायपरिषद गम्भिर चिन्तित रहेको भन्दै अागामी दिनमा माग सम्बोधनको प्रयास गरिने बताए ।

यससँगै न्यायपरिषदले सरकारी वकिलहरुको मागप्रति परिषद गम्भिर रहेको र अागामी दिनमा माग सम्बोधनको प्रयास गरिने विषय समेटेर विज्ञप्ति जारी गर्नेछ भने त्यसैको अाधारमा सरकारी वकिलले अर्को विज्ञप्ति जारी गर्दै अान्दोलनको कार्यक्रम फिर्ता लिने घोषणा गर्ने सहमति भएको कानूनमन्त्रीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter