• Tuesday, April 15, 2025

उपत्यकाको धुलो कम गर्न ‘ब्रुमर’

roadbroomer1काठमाडौँ, १७ माघ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो (ब्रुमर)ले सफाइ गरी धुलो बढारिने भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ गर्न निर्देशन दिएपछि यो यन्त्र प्रयोग गर्न लागिएको हो ।

पाइप बिच्छ्याउन सडक खनेपछि राम्रो सफाइ नहुँदा उपत्यकामा धुलो बढेको गुनासो बढेपछि ब्रुमर प्रयोग गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिइएको मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

“सडक विभागमा उपयोग नभई बसेका तीनवटा ब्रुमर रहेछन्, ती ब्रुमर लिएर आयोजनाले चालक र डिजेलको व्यवस्था गरी उपत्यकाका सडक सफाइ गर्न निर्देशन दिइएको छ, केही दिनमै ब्रुमरले सडक सफाइ सुरु गर्नेछ” – उहाँले भन्नुभयो ।

पानी वितरणका लागि उपत्यकामा ७६० किमी पाइप बिच्छ्याउने काम अहिले भइरहेको छ । पाइप बिच्छ्याइएको सडकमा हाललाई खाल्टो पुरेर ग्राभेल गरी अस्थायी पिच मात्र गर्ने र २०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्र गर्न विभागसँग सम्झौता भएको छ ।

दिउँसो पाइप ओच्छ्याउँदा सवारी चाप हुने भएकाले निर्देशनालयले धेरै स्थानमा राति काम गरिरहेको छ । सवारी चाप नहुने ठाउँमा मात्र दिउँसो काम भइरहेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।

दिउँसो पानी हालेर धुलो कम गर्दा पनि सवारी चाप हुने भएकाले यो यन्त्रले सडक सफाइ गर्न लागिएको सचिव उपाध्यायले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter