वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

Department of Foreign Employmentकाठमाडौँ, १८ माघ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पीडितसँग राहदानी लिई प्रतिव्यक्ति रु एक लाख १० हजारदेखि रु दुई लाख सम्मको रकम उठाई ठगी गर्दै आएको ब्यूरोले जनाएको छ ।

कुनै आधिकारिक वैदेशिक रोजगार व्यवसायी तथा प्रतिनिधिसमेत नरहेका साहविरुद्ध हालसम्म ८७ जना पीडितले ब्युरोमा जाहेरी दर्खास्त दिइसकेका छन् । साहको डेरा कोठाबाट तीन थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकको राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पछिल्लो आठ÷नौ महिनामाको अवधिमै पीडितहरूकै नामबाट सिम कार्ड निकाली १५ वटाभन्दा बढी मोबाइलको सिम प्रयोग गरेको ब्यूरोले जनाएको छ ।

गैँडाको खागसहित पक्राउ

ललितपुर देवीचौर–७ देउराली बस्ने वर्षीय समिर वाइबा र काभ्रेपलाञ्चोक कानपुर बस्ने नीरन लामालाई गैँडाको खागसहित प्रहरीले पक्राउ गरेको छ ।

गैँडाको खाग ओसार–पसार तथा खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका, कौशलटारबाट गैँडाको एक थान खागसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान एवम् आवश्यक कानुनी कारबाहीका लागि ब्युरोले जिल्ला वन कार्यालय भक्तपुर पठाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter