त्रियानब्बे प्रतिशत भूकम्पपीडितलाई अनुदान

Nepal Reconstruction Authorityकाठमाडौँ, १८ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ ।

प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराएको हो ।

प्राधिकरणले पुनःनिर्माणका लागि अनुदान सम्झौता गरेका पाँचलाख ५० हजार २४१ घरधनीमध्ये आजसम्ममा पाँच लाख १० हजार एक सय ३० जनालाई पहिलो किस्ताको रु ५० हजार वितरण गरिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका ७४ हजार ९१२, ओखलढुङ्गाका १८ हजार ३०१, नुवाकोटका ६० हजार ४७४, रामेछापका ३९ हजार ७५९, दोलखाका ४७ हजार ७९, गोरखाका ५२ हजार ६७५, काभ्रेपलाञ्चोकका ५९ हजार ७५१, रसुवाका आठ हजार ८४८, सिन्धुलीका २६ हजार १६२, धादिङका ५२ हजार ९१७ र मकवानपुरका १९ हजार ९ घरपरिवारलाई पहिलो किस्ताको अनुदान प्राप्त गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुमा भने अनुदान सम्झौता गरेका ७१ हजार ६८३ मध्ये ५० हजार २४३ ले पहिलो किस्ता पाएको प्रवक्ता भुसालले बताउनुभयो । यस्तै पहिलो किस्ता अनुदान पाएर मापदण्ड अनुुसार घरको जग निर्माण गरेका ७२० घरधनीले दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार प्राप्त गरिसकेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter