आइसिसी : नेपाली क्रिकेट टोलीको घोषणा

Nepali U 19 Cricket Playersकाठमाडौँ, २२ फागुन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । त्यसैगरी छनोट हुने अन्य खेलाडीमा शरद भेषवाकर, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, महबुब आलम, अरिफ शेख, सुनिल धमला र दीपेन्द्रसिंह ऐरी छन् । वैकल्पिकतर्फ भने राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की तथा दिलीपनाथ छन् ।

आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटीका अधिकारी वेन्कटपति राजु(क्रिकेट विकास अधिकृत, आइसिसी–एसिया) मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान खड्का रहेको छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter