मेलम्चीको पानी चक्रपथ बाहिर पनि

melamchiकाठमाडौँ २२ फागुन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने जनाएको छ ।

सो लिमिटेडको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले सो जानकारी दिनुभएको हो ।

उहाँले ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११.७ करोड लिटर मात्र रहेको बताउनुभयो ।

यो वर्षमा थप तीनवटा ट्युवबेल निर्माण कार्य सम्पन्न हुने पनि उहाँले चर्चा गर्नुभयो । त्यस्तै, सुक्खा मौसममा २१ वटा ट्याङ्करबाट पानी अभाव क्षेत्रमा पानी वितरण गर्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले दशैँभित्र मेलम्चीको पानी दसैँको उपहारको रुपमा काठमाडौँमा वितरण गर्ने बताउनुभयो ।

सयौँ वर्ष पुरानो पानी वितरण प्रणाली अहिले जटिल भएको उहाँले बताउनुभयो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले मेलम्चीको चार किलोमिटर सुरुङ निर्माण कार्य बाँकी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कम्पनीका सचिव मिलनकुमार शाक्य, महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी, लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतलगायतका वक्ताले पनि बोल्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter