• Wednesday, June 11, 2025

फागुमा हुलहुज्जत गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन; गुण्डागर्दीमा संलग्नको तीनपुस्ते सङ्कलन

Metropolition Police Crime Sectionकाठमाडौँ, २६ फागुन । फागुपूर्णिमामा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन गरिएको र फागुको दिन एक सय सात ठाउँमा सुरक्षा जाँचका लागि प्रहरी खटाइने जानकारी दिनुभयो ।

फागुमा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गर्दै उहाँले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हेल्मेट बिना मोटरसाइकल चलाउने र कडा किसिमका रङ खेल्नेलाई समेत पक्राउ गरिने भएकाले त्यस्तो काम कोही कसैलाई नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न सबैसँग अनुरोध गर्नुभयो । यस वर्ष पहाडी जिल्लामा यही फागुन २९ र तराईका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ ।

गुण्डागर्दीमा संलग्नको तीनपुस्ते सङ्कलन

परिसर प्रमुख जोशीअनुसार आफूले नेतृत्व सम्हालेको डेढ महिनायताका अवधिमा राजधानीमा गुण्डागर्दीमा संलग्न एक सय ६१ जनाको तीनपुस्ते प्रहरीले सङ्कलन गरेको छ । तीमध्ये ३० जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्नाका साथै उनीहरुको औँठा छाप र नयाँ तस्बिरसमेत लिइएको छ । सो अवधिमा परिसरकै टोलीले १२ ठाउँबाट जुवातास खेल्ने कार्यमा संलग्न १९ जनालाई रु १३ लाखसहिते र चोरीमा संलग्न ६४ जनालाई नियन्त्रणमा लिएको छ ।

पत्रकार सम्मेलनमा महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले परिसरसँगको समन्वयमा गुण्डागर्दी र चोरीमा संलग्नलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter