• Monday, April 14, 2025

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक; उपसचिव र शाखा अधिकृतलाई मतदाता शिक्षा

Election Commissionकाठमाडौँ १ चैत । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ ।

निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो । “अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक कर्मचारी सरकारसँग माग गर्छाैँ ।” उहाँका अनुसार एक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी राख्ने तयारी छ ।

एक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदाताको नाम रुजु, बूढीऔँलामा मसी लगाउने र सहायक गरी पाँच सरकारी कर्मचारी र तीन स्थानीय स्वयंसेवक राखिने छ । आयोगले मतदान अधिकृतका रुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउने छ ।

प्रवक्ता शर्माले आवश्यक कर्मचारीका रुपमा निजामती र सङ्घसंस्थानका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई खटाइने जानकारी गराउनुभयो ।

उपसचिव र शाखा अधिकृतलाई मतदाता शिक्षा

स्थानीय तहको निर्वाचनका लागि चाहिने जनशक्ति उत्पादन गर्न निर्वाचन आयोगले ‘दुई दिने मतदाता शिक्षा मुख्य प्रशिक्षक प्रशिक्षण’ दिएको छ ।

आयोगमा पहिले काम गरेका कर्मचारी तथा सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयका उपसचिव तथा शाखा अधिकृतस्तरिय ३२ कर्मचारीलाई सो प्रशिक्षण दिएको हो ।

प्रशिक्षण पाएका कर्मचारीले काठमाडौँ, विराटनगर, सिन्धुली, पोखरा, भैरहवा, दाङ, नेपालगन्ज र धनगढी गरी ८ क्षेत्रका १२ समूहलाई मतदाता शिक्षा सम्बन्धी तालिम दिने आयोगले जनाएको छ ।

सो क्षेत्रीय तालिममा प्रत्येक जिल्लाका चारदेखि आठजनालाई तालिम दिने र उक्त तालिम पाएका जिल्लाका प्रशिक्षकले गाउँपालिकाका सचिव, मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वयम्सेवकलाई तालिम दिनेछन् ।

तालिम शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाताले दिएको मत बदर नहोस् भन्ने उद्देश्यका साथ मतदाता शिक्षा दिएको जानकारी दिनुभयो ।

उहाँले मतदान प्रक्रियामा जतिसक्दो धेरै मतदातालाई समेट्नेगरी शिक्षा दिन लागेको बताउनुभयो ।

प्रशिक्षणमा स्थानीय तालिम सम्बन्धी कानुनी व्यवस्था, निर्वाचन कार्यक्रम, जिल्लास्तरीय अनुगमन व्यवस्थापन, उम्मेद्वार मनोनयन प्रक्रिया, स्थानीय तहमा मनोनयन प्रक्रिया, विवाद निरुपण, नमुना मतदान तरिका, अभ्यास र मतगणनालगायतका विषयमा सिकाइने आयोगले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter