औपचारिक रुपमा कार्यान्वयनमा आए नयाँ संरचना

Local Body enforcementकाठमाडौँ, १ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकभर नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संरचना खडा भएर आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा गएको जनाएको छ ।

मन्त्रालय मातहत रहेका २१७ नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहिसकेकाले र बाँकी रहेका ५२७ मा भने आजदेखि औपचारिक रुपमा काम कारबाही सुरु भएको छ । सरकारले कुल ७४४ स्थानीय तहको संरचना खडा गरेर नयाँ व्यवस्थासहितको प्रक्रिया सुरु गरेको हो ।

जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको र नयाँ तोकिएका संरचनामा पनि वरिष्ठ गाविस सचिवलाई निमित्त कार्यकारीको जिम्मा दिएर काम सुरु गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माका अनुसार धेरैजसो जिल्लामा तोकिएका कार्यकारी अधिकृत पुगिसेकेको र केही दुर्गम क्षेत्रमा भने जाने प्रक्रियामा रहेका छन् । सामान्य प्रशासन मन्त्रालयले २७० जना नयाँ शाखा अधिकृतलाई नयाँ गाउँपालिकामा कार्यकारीको भूमिकामा रहने गरी पठाएको छ । यस्तै उपसचिवमा बढुवा भएका ६४ जनालाई पनि सामान्यले पठाएको उहाँले जानकारी दिनुभयो । केही मन्त्रालय मातहत रहेका शाखा अधिकृतलाई पनि गाउँपालिकामा पठाइएको छ ।

जनताको काम एक दिन पनि प्रभावित नहोस् र सेवा पु¥याउने विषयमा कुनै पनि झन्झट नहोस् भन्नेतर्फ मन्त्रालयले विशेष ध्यान दिएको र आवश्यक निर्देशन दिइएको उहाँको भनाइ छ । केही जिल्लामा नागरिकता र राहदानीका लागि सिफारिस लिन प्रक्रियामा समस्या आएको भन्दै गुनासो आएपछि मन्त्रालयले त्यसतर्फ विशेष चनाखो भई काम गर्न र कुनै पनि सेवाग्राहीलाई मर्कामा नपार्न समेत सम्बन्धित गाउँपालिकालाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल आजै ललितपुर महानगरपालिकाको कार्यालय उद्घाटन गर्नुभयो । यस्तै विभिन्न जिल्लामा समेत औपचारिक रुपमा कार्यालय सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter