स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र; महान्यायाधिवक्तासँग आयोगको छलफल

Election Commissionकाठमाडौँ, २ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताउनुभयो ।

उहाँले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताउनुभयो ।

‘‘अहिले जिल्लामा मतदान केन्द्र निर्धारण गर्ने कार्यभइरहेको छ’’ उहाँले भन्नुभयो–‘‘यही १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर हामीलाई पठाउन भनेका छौ ।’’

उहाँकाअनुसार मतदातालाई पायकपर्ने, भिड नहुने र सुरक्षित ठाउँलाई मतदान केन्द्र निर्धारण गर्न आयोगले निर्देशन दिएको छ ।

सरकारले स्थानीय तहको सङ्ख्या निर्धारण गरेपनि आयोगले मतदान गर्नका लागि मतदान केन्द्र तोक्न निर्देशन दिएको हो ।

स्थानीय तहको निर्वाचन बिहान– ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगका सहसचिव समेत रहनुभएका शर्माले जानकारी गराउनुभयो ।

महान्यायाधिवक्तासँग आयोगको छलफल

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तहरूले आज कान्तिपथस्थित आयोग कार्यालयमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र नायब महान्यायाधिवक्ता किरण पौडेलसँग निर्वाचनमा भाग लिने दलहरूले प्राप्त गर्ने निर्वाचन चिह्न र दलहरूको मर्यादाक्रमका विषयमा छलफल गर्नुभयो ।

त्यस अवसरमा महान्यायाधिवक्ता श्रेष्ठले संसदमा प्रतिनिधित्व गरेको दलका सांसदले नयाँ दल गठन गरे पनि आयोगमा दर्ता रहेको पुरानो दलले पनि निर्वाचन चिन्ह प्राप्त गर्ने र मतपत्रमा स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार मर्यादाक्रम कायम रहने सुझाव
दिनुभयो ।

महान्यायाधिवक्ता श्रेष्ठले राजनीति दल एकीकरण भएमा एकीकृत दलले मान्यता पाउने कानूनी व्यवस्था रहेको जानकारी आयोगलाई गराउनुभयो ।

छलफलमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीरकुमार शाह आयोगका सचिव गोपीनाथ मैनालीलगायतको उपस्थिति रहेको आयोगले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter