• Friday, April 11, 2025

लघुवित्त अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्ने

Nepal Rastra Bankकाठमाडौँ, २ चैत । ग्रामीण अर्थतन्त्रलाई व्यावसायिकरण गर्दै विद्यमान गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लघुवित्त क्षेत्रलाई अनुशासित भएर वित्तीय सशक्तीकरणमा लाग्नुपर्नेमा जोड दिइएको छ ।

लघुवित्त संस्थाको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटनका वक्ताले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने र वित्तीय साक्षरता पु¥याउनुपर्नेमा जोड दिँदै लघुवित्त क्षेत्रले मूल्यमान्यतालाई भूल्न नहुने विचार व्यक्त गरेका हुन् ।

सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण अर्थतन्त्रलाई सबलीकरण गर्ने र जनतामा वित्तीय चेतना विस्तार गर्न लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

समाजवादी अर्थतन्त्र निर्माणमा लघुवित्तको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उहाँले आफ्ना मूल्यमान्यतालाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा योगदान पु¥याउन निर्देशनसमेत दिनुभयो । अर्थमन्त्री महराले सङ्घीय संरचना लागू भएसँगै जनताका घरघरमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले गरिबी घटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने लघुवित्त संस्थाले ग्रामीण जनताको शोषण गर्नेतर्फ अगाडि बढेको उल्लेख गर्दै राष्ट्र बैंकले त्यस्ता संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

लघुवित्त संस्थाहरु नाफामुखी हुँदै गएको र ग्रामीण क्षेत्रमा नगई वाणिज्य बैंकजस्तै सहरमा बढी केन्द्रित भएकोप्रति असन्तुष्टी व्यक्त गर्दै उहाँले आगामी वर्षभित्रमा वित्तीय कारोबार गर्दै आएका गैरसरकारी संस्थालाई लघुवित्तमा स्तरोन्नति गर्ने राष्ट्र बैंकले निर्णय गरेको जानकारी दिनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष अनिल शाहले सङ्घीय संरचनामा मुलुक परिवर्तन हुँदै गर्दा लघुवित्त संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै ग्रामीण क्षेत्रमा गएर वित्तीय साक्षरता उपलब्ध गराउने अवसर प्राप्त हुने बताउनुभयो ।

नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष रामचन्द्र जोशीले उद्यमशीलता हुनुपर्छ भन्ने उद्देश्यमा आधारित परामर्शदाता नभएकाले लघुवित्त क्षेत्रको प्रभावकारिता सोचेअनुसार विस्तार गर्न नसकिएको बताउनुभयो ।

सेन्टर फर माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत हरिहर आचार्यले लघुवित्त क्षेत्रलाई मर्यादित एवम् अनुशासित बनाइने उल्लेख गर्दै त्यसका लागि सरकार तथा नियमनकारी संस्थाको सहयोग आवश्यक भएको बताउनुभयो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले लघुवित्त क्षेत्रबाट सामाजिक सुरक्षा, महिला सशक्तीकरण एवम् बाल शिक्षामा महत्वपूर्ण योगदान पु¥याएको दाबी गर्नुभयो । तीन दिनसम्म चल्ने सम्मेलनमा स्वदेश तथा विदेशी मुलुकका आठसयभन्दा बढी लघुवित्तकर्मीको सहभागिता छ ।

सम्मेलनमा लघुवित्तसम्बन्धी विविध अनुभव र आगामी योजना एवम् यस क्षेत्रमा देखिएका चुनौतीका बारेमा फरक फरक कार्यपत्रमा छलफल हुने र लघुवित्तसम्बन्धी घोषणापत्र जारी गरी समापन हुने जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter