• Monday, June 09, 2025

तेह्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो नदी शिखर सम्मेलन सम्पन्न

Riverकाठमाडौँ, ६ चैत । नेपालका सम्पूर्ण नदीको दिगो व्यवस्थापन तथा उपयोगका लागि राष्ट्रिय नदी नीति बनाई कार्यान्वयन गर्नुपर्ने र अधिकार सम्पन्न राष्ट्रिय नदी आयोग गठन गर्नुपर्ने लगायत १३ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो नदी शिखर सम्मेलन आज सम्पन्न भएको छ ।

गोरखाको छेवेटारमा सम्पन्न सो सम्मेलनले एकीकृत जलाधार व्यवस्थापन पद्धतिको विकास गर्नुपर्ने, सबैखाले नदीहरुको वैज्ञानिक अभिलेख तयारगरी नदीजन्य स्रोतको उपयोगिताको आधार, प्रकार र प्राथमिकता निर्धारण गर्नका लागि अध्ययन अनुसन्धान तत्काल अगाडि बढाउनुपर्ने त्रिशूली साझा अवधारणा जारी गरेको हो ।

सङ्घीय संरचनाअन्तर्गत प्रादेशिक तथा स्थानीय तहमा तर्जुमा हुने नीतिनियम, कानुन तथा योजनामा जलस्रोत दिगो संरक्षण र व्यवस्थापनको संवैधानिक जिम्मेवारी पालन व्यवस्था गर्न, नदीको प्राकृतिक रुपमा स्वतन्त्र र निरन्तर बग्न पाउने अधिकार र भावी सन्ततिको अधिकारसमेतलाई सुनिश्चित गर्नुपर्ने घोषणपत्रमा उल्लेख छ ।

यसैगरी राज्यका नीतिले जलविद्युत् लगायतका विकासका लाभ बाँडफाँडमा नदीसँग अन्योन्यास्रित सम्बन्ध भएका माझी, बोटे, राजी, मुसहर, दनुवार, सुदानाजस्ता समुदायलाई निश्चित प्रतिशत फाइदा पाउने व्यवस्था संस्थागत गर्न, नदीजन्य स्रोतको अत्यधिक र जथाभावी दोहन भइरहेको वर्तमान अभ्यासको विरोध गर्दै त्यस्ता काम तत्काल रोक्न सम्मेलनले माग गरेको छ ।

प्रत्येक दुई वर्षको मार्च महिनामा राष्ट्रिय नदी शिखर सम्मेलनको आयोजना गर्ने प्रतिबद्धता जाहेर गर्दै सन् २०१९ को मार्च महिनामा तेस्रो नदी सम्मेलन कर्णाली नदीको किनारमा तयारी गर्ने प्रतिबद्धता गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter