• Friday, June 13, 2025

प्रधानमन्त्री दाहालद्वारा बहुराष्ट्रिय सेनालाई सम्वोधन

Army from different countriesकाभ्रेपलाञ्चोक, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले उक्त कुरा नेपाल, इन्डोनेसिया, किर्गिज्स्तान, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, अमेरिकालगायत देशबाट विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धि तालिममा सहभागी २८ मुलकका बहुराष्ट्रिय सेनालाई आज पाँचखालमा सम्बोधन गर्दा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेवनान, युगान्डा, इथियोपिया दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलकमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरेको इतिहास रहेको बताउनुभयो । नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ ।

उहाँले नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्र सङ्घले पु¥याएको योगदानको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घ विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यसपछि भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घको आह्वानलाई स्वीकार्दै अगाडि बढ्ने बताउनुभयो ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरिएको १५ दिने शान्ति अभ्यास (तेस्रो) चरणको तालिममा भाग लिन २८ देशका एकहजार २४ सैनिकको सहभागिता छ । तालिम यही चैत २१ गतेसम्म चल्नेछ ।

द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सुत्रबद्ध गरी सीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यो तालिम पहिलो पटक आयोजना गरिएको हो । यसअघि नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसबेला चारवटा मुलुकका सेनाले यहाँ भाग लिएका थिए । पाँचखालमा सेनाको बहुराष्ट्रिय तालिम केन्द्र रहेको छ ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका एसिया प्रशान्त क्षेत्र सैन्य कमाण्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ ।

त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले तालिम नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter