• Friday, April 11, 2025

नेपाली सेनाको सङ्गठनलाई सुदृढ बनाउने सम्बन्धमा चिनियाँ प्रतिबद्धता

Nepal and China Armyकाठमाडौँ, १० चैत । चीन सरकारले नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि आवश्यक तालिम तथा उपकरणजस्ता सामग्री जुटाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।

रक्षामन्त्री बालकृष्ण खाँण र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ पक्षले उक्त प्रतिबद्धता जनाएको हो । रक्षामन्त्री खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आजै यहाँ आइपुगेको हो । वार्तामा चिनियाँ पक्षले नेपाली सेनासँग तालिमसम्बन्धी सहयोगको आदानप्रदान, संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वशान्तिका लागि परिचालन हुँदा तथा विपद् व्यवस्थापन र विकास निर्माणका लागि आवश्यक पर्ने सामग्री र उपकरणमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको रक्षामन्त्री खाँणले जानकारी दिनुभयो ।

नेपाली सेनाको समग्र सङ्गठनलाई सबल र सुदृढीकरण बनाउने सम्बन्धमा नेपाल सरकारबाट माग भएअनुरुपको आवश्यकतानुसारको सामग्री तथा उपकरण उपलब्ध गराउने विश्वास चिनियाँ पक्षले दिलाएको थियो ।

भेटवार्तापछि रक्षामन्त्री खाँणले भन्नुभयो, “नेपालको विकासमा चीनले निरन्तर सहयोग पु¥याउँदै आएको छ, दुवै देशका सेनाबीच रहँदै आएको अत्यन्तै सुमधुर सम्बन्धलाई हामी अझै विस्तार गर्न चाहन्छौँ, नेपाली सेनाले नेपालको राष्ट्रिय सुरक्षाका साथै विपद् व्यवस्थापन, विकास निर्माणका लागि कस्तो सामग्री चाहन्छ, आवश्यकताअनुसार चीनले सहयोग गर्ने भएको छ ।”

नेपाली सेना र चिनियाँ सेनाबीच उत्तरी हिमालय क्षेत्रको सुरक्षा, हिमताल र विपद् व्यवस्थापन गर्नेलगायत समुच्च सुरक्षा व्यवस्थापनका लागि सैनिक सहयोग आदानप्रदान गर्ने सन्दर्भमा संयुक्त सैनिक अभ्यास हुनेबारे छलफल भए पनि मिति भने द्विपक्षीय सहमतिका आधारमा तय गरिने मन्त्री खाँणले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter