सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने सहमति; राष्ट्रपतिसँग चिनियाँ रक्षामन्त्रीको भेट

President and Chinese Ministerकाठमाडौँ, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच आज भएको भेटवार्तामा दुई देशबीच आर्थिक विकास तथा समृद्धि, द्विपक्षीय विकासका आयाम र सुरक्षा प्रबन्धका विषय अझ राम्रो बनाएर लैजाने विषयमा सहमति भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीच सडकको सञ्जालको विकासमार्फत आबद्धता बढाउने तथा सुरक्षा निकायको क्षमता अभिवृद्धि विषयमा छलफल केन्द्रित भएको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले जानकारी दिनुभयो ।

सुरक्षा प्रबन्ध मिलाउँदा सीमावर्ती क्षेत्रमा आवश्यक पर्ने सूचना दुई देशबीच आदानप्रदान गर्ने तथा चीन सरकारको सहयोगमा निर्माणाधीन सशस्त्र प्रहरी बलको तालिम केन्द्रलाई आवश्यक पर्ने थप स्रोत, सामग्री र ज्ञानका लागि चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो । तातोपानी नाकालाई खोल्न नेपालले चीन सरकारसँग निरन्तर आग्रह गरिरहेको र आजको भेटमा समेत सो विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणमा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जनरल चाङ बिहीबार नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले आजै राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले प्रधानमन्त्री र रक्षामन्त्रीसँग बिहीबार भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपतिसँग चिनियाँ रक्षामन्त्रीको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीच दुई देशबीचका सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेको छ । सो अवसरमा नेपालका लागि चीनका राजदूत यु होङ पनि उपस्थित हुनुहुन्थ्यो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter