महिलालाई आत्मनिर्भर बनाउँदै राष्ट्रपति उत्थान कार्यक्रम

womenप्रेम रौले / बाजुरा, १२ चैत । पहिलोपटक राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने हाते होजियारी तालिम यहाँ सुरु भएको छ । कार्यक्रमले जिल्लामा रहेका विपन्न तथा पिछडिएका महिलालाई पुरुषसरह बनाउन यो कार्यक्रम लागू भएको हो ।

राष्ट्रपति उत्थान कार्यक्रमको तीन महिने तालिम लिन आएकी एक सहभागी हुन् बाँधु गाविस–६ की राधिका अधिकारी । उनी अहिले ३९ वर्षकी भइन् । महिला तथा बालबालिका कार्यालय, बाजुराले सञ्चालन गरेको तीन महिने हाते होेजियारी तालिम लिन सामान्य परिवारकी अधिकारी दुई दिन पैदल हिँडेर सदरमुकाम आएकी हुन् । छोराछोरीको कुनै चिन्ता नमानी तालिममा एकमन भएर सीप सिक्ने अधिकारीको लक्ष्य रहेको छ ।

दैनिक घरको काममा व्यस्त हुने अधिकारी अब भने सीप सिकेर व्यावसायिक बन्ने धूनमा छिन् । उनी भन्छिन् –“अवसर नपाएको हँुदा केही गर्न सकिएन अब तालिम लिएपछि गाउँमै राडीपाखी बुनेर छ जना घरपरिवारको खर्च चलाउँछु ।”

अधिकारी जस्तै जुकोट–४ की मन्देवी जैसीको भनाइ पनि उस्तै छ । उनी अहिले २१ वर्षकी भइन् । उनी दुई दिन पैदल जिल्ला आएकी छन् । महिलाले केही गर्न हुँदैन भन्ने मान्यता चिर्न राष्ट्रपति महिला उत्थान कार्यक्रमको तीन महिने होजियारी तालिम लिन आएको उनले बताइन् ।

महिलालाई समाजले हेर्ने दृष्टिकोण बदल्न पनि अब महिलाले सीपमूलक तालिम लिएर आत्मनिर्भर बन्नुपर्ने उनको विचार छ ।

तालिमले विपन्न पछाडि पारिएका महिलाको जीवनस्तर माथि उठ्नेमा आफू विश्वस्त रहेको जैसीले बताइन् । घरमै बसेर सीप सिक्ने चाहना हुँदाहँुदै पनि यसभन्दा पहिले कुनै अवसर नपाएको बताउने उनले अब यो तालिमबाट आफूले बिना लगानीमा व्यावसायिक बन्न सक्ने बताइन् ।

कुल्देवमाण्डौ–२ की सगुनी खाती ३४ वर्षकी भइन् । कलिलै उमेरमा श्रीमान् बिते । उनी अहिले बेसहारा बन्दै आएकी छन् । एकल महिला भएर पनि उनले तीन छोराछोरीको पालनपोषण गर्दै आएकी छन् ।

खातीलाई विहान बेलुकी छाक टर्न धौ धौ पर्छ । उनको जेठो छोरा ८ कक्षा र माहिली छोरी ६ कक्षामा पढ्छन् । उनले छोराछोरीका लागि कापी कलम ज्याला मजदुरी जोहो गर्दै आएकी छन् ।

महिला तथा बालबालिका कार्यालयले आवेदन आह्वान गरेपछि उनलाई तालिम लिने अवसर मिलेको हो ।

“सीप सिक्न छोराछोरी अर्काको साथमा छोडेर एक दिनको यात्रा गर्दै जिल्ला आएकी छु, सीप सिकेर गाउँमै हाते होजियारी उद्योग सञ्चालन गर्ने सोच छ” खातीले भनिन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले जिल्लामा रहेका अति विपन्न, दलित र पिछडिएका महिलालाई लक्ष्य तालिम सञ्चालन गरेको महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत कमला शाहीले बताउनुभयो ।

साविकका २४ गाविस र एक नगरपालिकाका ३५ जना महिला तीन महिने सीप विकास तालिममा सहभागी भइरहेका छन् ।

बाजुरा मानव विकास सूचकांकको ७५आँै स्थानमा छ । तालिमका लागि रु १६ लाख बजेट खर्च गरिनेभएको छ । घरेलु तथा साना उद्योग विकास समिति बाजुराको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिम २०७४ असार ८ गतेसम्म सञ्चालन हुनेछ । तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter