मिडियाले मानसिक स्वास्थ्यलाई स्थान दिनुपर्ने

Mental Healthकाठमाडौँ, १८ चैत । सञ्चारमाध्यमले मानसिक स्वास्थ्यका विषयमा जनतालाई सुसूचित गराउन भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रेस काउन्सिल नेपालले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने ‘कोसिस’ नामक संस्थासँगको सहकार्यमा यहाँ आज आयोजना गरेको कार्यक्रममा काउन्सिलका निवर्तमान अध्यक्ष बोर्णबहादुर कार्कीले अझै पनि मानसिक रोग लागे निको हुन्न भन्ने भम्र रहेकाले उपचार गराए निको हुन्छ भन्ने सन्देश सञ्चारमाध्यमले दिनुपर्ने बताउनुभयो ।

“मिडियाले यसबारे बोल्यो भने यसको प्रभाव छिटो देखिन्छ, त्यसैले मानसिक रोगलाई लुकाएर बस्ने प्रवृत्तिमा कमी आउँछ । यसबारे कलम चलाउन जरुरी छ”– उहाँले भन्नुभयो । काउन्सिलका सदस्य किशोर श्रेष्ठले ९१० अखबार काउन्सिलको वर्गीकरणमा परेका छन् त्यत्तिकै अनलाइन, टिभी छन् , ती सबैले मानसिक स्वास्थ्यलाई आफ्ना मिडियामा स्थान दिने हो भने धेरै जनचेतना फैलने छ भन्नुभयो ।

कोसिस संस्थाका अध्यक्ष मातृका देवकोटाले मानसिक रोगलाई समाजले स्वीकार्न नसकेकाले समयमै बिरामी उपचारका लागि पुग्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म आफँै मानसिक समस्याबाट करिब १५ वर्ष पीडित भएँ । मलाई रोग हो भनेर उपचारमा जानै समय लाग्यो । यस्ता कथा धेरैका छन् । जसलाई सामान्य समस्याले कडा रोगतर्फ धकेली रहेको छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा करिब २० लाख बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको अनुमान छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter